२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

बिर्सी जानेलाई

गीत

भिम राई (माक्पाली कान्छा) 

भुली जाने गोरेटो त नहिँडेकै जाती,

बिर्सी जाने पिरती त नगाँसेकै जाती।

हिजो थियो जिन्दगीको एउटा मिठो पल,

त्यही बेला गर्याै तिम्ले ममाथि एउटा छल।

तर आज भेट हुँदा नहाँसेकै जाती,

बिर्सी जाने पिरती त नगाँसेकै जाती।

घात गरेरै मेरो मुटु पार्‍यौं सयौं चिरा,

खुसी दिने भनीभनी मात्र दियौ पीडा।

अब मैले भुलिसकें नसम्झेकै जाती,

बिर्सी जाने पिरती त नगाँसेकै जाती।

प्रकाशित: १७ माघ २०७८ १४:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App