२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

शहीद

लघुकथा

विनोद नेपाल

शहीद दिवस मनाइँदै थियो। जुलुस निस्कियो। विभिन्न संघसंस्थाका प्रतिनिधि तथा सर्वसाधारण सहभागी सो जुलुस विभिन्न किसिमका नारा लगाउँदै शहीदहरूको सालिकसामु पुग्यो।

विभिन्न क्षेत्रको सहभागिता रहेको सो कार्यक्रममा उच्च पदस्थहरूको पनि उपस्थिति थियो। त्यसमा हिजो क्रान्तिको नाममा अपराध गर्नेहरू पनि थिए।

औपचारिक कार्यक्रम प्रारम्भ भयो। सबैले शहीदको सम्मानमा शिर झुकाए। मौनधारण गरे।

पालो थियो शहीदको सालिकमा माल्यार्पणको।

अग्लो स्थानमा रहेको सालिकमा माल्यार्पणका लागि प्रमुख अतिथि त्यहाँ ठड्याइएको सिंढीमा चढे। तलबाट कसैले उनलाई अबीर र माला समाउन आग्रह गर्‍यो। यसो पछाडि के फर्केका थिए, सन्तुलन बिग्रिएको कारण सिंढी चिप्लियो र उनी भुईमा बजारिए।

भीडबाट कसैले भन्यो, ‘सालिकको पनि आँखा हुँदोरहेछ कि क्या हो!’

प्रकाशित: १६ माघ २०७८ ०२:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App