२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

डाक्टर साहेव

लघुकथा

देवकी केसी

बजारमा नयाँ खोलेको सवीरको पसल पिएचडी होल्डर डाक्टरदेखि  अस्पतालका डाक्टर र सबै किसिमका राजनीतिज्ञको चियागफ गर्ने थलो बनेको थियो। त्यसैले सवीरको चिया पसलको नयाँ नाम राखिदिएका थिए सबैले डाक्टर साहेवको चिया पसल भनेर। हुदाँहुदाँ सवीरको पसलमा चिया पिउने किसान, डाक्टर, जुत्ता सिलाउनेदेखि कुत्ता पाल्ने सबैलाई डाक्टर भनेर सम्बोधन गर्न थाले मानिसहरूले।

एकदिन सवीरको चिया पसलमा आउने वास्तविक डाक्टरहरू, राजनीतिज्ञ कोही भ्रष्टाचार गरेको त कोही उपचारको नाउँमा बिरामीको अंग झिकेर बेचेको आरोपमा जेल परे। बिस्तारै उसको चिया पसलमा  आउने डाक्टरहरू जति सबै विभिन्न अपराधमा मुछिएर जेल परे। डाक्टरको चियापसलको उपाधि पाएको सवीरको चियापसल त विस्तारै डाक्टरविहीन पो भयो।

अब त सवीरको चिया पसलमा  त्यही किसान, जुत्ता सिलाउने, कुत्ता पाल्ने र बेरोजगारहरूको मात्र जमघट हुनथाल्यो। एकदिन उसको पसलमा मानिसहरू चर्को स्वरमा चियाको चुस्तीसँगै भन्दै थिए डाक्टरहरू ठुला मान्छे भनेका त भ्रष्टाचार गरेर देशनै पो डुबाउँदा रैछन्। बरु त्यस्ता डाक्टरहरूभन्दा त अन्न फलाउने, गाईभैंसी पाल्ने, कुत्ता पाल्ने जुत्ता टाल्ने, होटलमा भाँडा मल्ने, सडकको धुलो फाल्ने डाक्टरहरू नै इमानदार र देशभक्त पो रैछन् त वास्तवमा।  

प्रकाशित: १५ माघ २०७८ १६:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App