विरेन्द्र सुवेदी
जाऊँ भन्छु छैन कहीँ जाने ठाउँ अझै मेरो,
यसै भत्किनु थियो मन भत्काऊ अझै मेरो।
जति दिन्छौं चोट गनीगनी सहन सक्छु तर,
बिन्ती छ पुरानो घाउ नबल्झाऊ अझै मेरो।
सक्या छैन सपना लास घाटमा पर्खिरहेछ,
सक्छौ त चितामा आगो लगाऊ अझै मेरो।
छोडेको छु परिस्थितिसँग डराउन अचेल,
छिर्के लगाइदेऊ बदनाम गराऊ अझै मेरो।
बिनाकारण सजाय नदेला कानुनले पनि,
गल्ती देखाऊ अपराधी जनाऊ अझै मेरो।
–पाँचथर।
प्रकाशित: १ माघ २०७८ ०५:१२ शनिबार