योगप्रसाद उपाध्याय चापागाई
उसको निधारको देब्रेतिर कोठी थियो। ऊ कप्प खाउँला गरी मलाई हेर्दै थिई।
–हो मेरै नाम हो करुणाकर। मलाई करुणाकर भन्छन्।मेरो हाँकी जवाफ सुनेर उसले निधार खुम्च्याई र नाक ठ्वाँस्स पारी।
उसको कुरा बुझ्न मलाई कत्ति पनि बेर लागेन। त्यसबेला ऊ निकै जोशले बोल्दै थिई, ‘म काठमाडौं जाने तयारी गर्दै छु। काठमाडौंमा जस्तो रमाइलो यहाँ छैन। यसपालिको दशैं–तिहार काठमाडौंमै मनाउँछु।’
ऊ मलाई दम दिन चाहँदै थिई। मलाई ऊ हाकाहाकी पिटेरै आफ्नो हैकम चलाउन चाहँदै थिई।
‘हजुर त काठमाडौं आइसिन्न होला?’ फेरि उसले सानो स्वरमा भनी। मेरो कुममा हात राखी र फुर्ति देखाउँदै भनी, ‘म त यस्तो हुतिहारा भएर बाँच्दिनँ।’
मेरो काँधमा धाप मारेर भनी, ‘म त चट्याङ जस्तै तीव्र, पुतली जस्तै सुन्दर र ...!’
प्रकाशित: १९ पुस २०७८ ०६:३५ सोमबार