६ आश्विन २०८३ मंगलबार
image/svg+xml
कला

भिसा

लघुकथा

सत्या अधिकारी

‘ममी, छिट्टो गर्नु क्या, ढिला भैसक्यो।’  रुमि चिच्याउँदै थिइन्।

खै किन हो आज अनिताका पाइला भने अघि बढेकै थिएनन्।

उनका दुई सन्तानमा छोरो रुबेन पोहोरै उडिसकेको थियो अमेरिका।

साथमा भएकी छोरी पनि उतैको भिसाको पर्खाइमा थिई। तनमन सबै अमेरिकामा शरीर मात्र यहाँ थियो उसको।

अनितालाई रुमि अमेरिका पठाउन मन थिएन। भएकी एउटी छोरी पनि उडेपछिका कहालीलाग्दा दिनहरूको कल्पनामा, छोरीले चालै नपाउने गरी रुन्थिन् उनी।

छोरीको चाहनामा भिसा छिटो लागोस् भन्दै मनकामना मन्दिर जाँदै थिए उनीहरू।

दर्शनार्थीको लाइन लामो थियो। धेरैबेरपछि पालो आयो।

मन्दिरभित्र छिरेपछि आमाछोरीसँगै उभिए, आँखा चिम्म गरे र मनमनै भाकल गर्न थाले।

आमाले मनमनै भनिन्,‘हे परमेश्वरी, मेरी छोरीको अमेरिकाको भिसा नलागोस्।’

प्रकाशित: १७ पुस २०७८ ०८:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App