चन्द्रावती अधिकारी
१)
ऋतु हेमन्त
धुम्म आकाश
जाडो अनन्त।
२)
कुहिरो डम्म
लेक र बेसी
तराई सम्म।
३)
गाँस कपास
अभाव धेरै
चुहिने बास।
४)
गयो समय
भएन कतै
हाम्रो उदय।
५)
सत्ता आए नि
कल्याण छैन
जता गए नि।
६)
ठूला ठालुको
पीडा कालुको
मस्ती भालुको।
७)
कस्ले देख्छ र?
हातले सूर्य
कहाँ छेक्छ र?
८)
छाँगा छहरा
लेक र बेसी
हाम्रा सहारा।
९)
हाल्दै सुसेली
वनमा हावा
खेल्छ बयेली।
१०)
फेरि भेटौँला
पीडा मनका
त्यहीँ मेटौँला।
प्रकाशित: ५ पुस २०७८ ०८:०९ सोमबार