२३ भाद्र २०८१ आइतबार
image/svg+xml
कला

रमाइलो भा’को छ तिमी आज साथ छयौ

गीत

भुवन शिवाकोटी ‘चौघरे’

रमाइलो भा’को छ तिमी आज साथ छयौ,

भोलिको दिन कस्तो होला तिमीले छोडी गएपछि।

पर्खी बस्छु है म त आशा नमारी,  

जस्तोसुकै विपद परोस् जिन्दगीमा सधैंभरि।

लाखौ डाँडा काटेर महासागर पारि तरी,

विरानो हुन्न सम्झना उतै भुली गए पनि।

दियो बाली चौकुना राख्छु दैलो उघारी,

जस्तोसुकै विपद परोस् जिन्दगीमा सधैभरि।

यात्राबीच झस्किएर निद्राबाट बिउँझेर,

दिनमा लाग्ने घामलाई राति ताराजूनलाई।

के छ भनी सोधिरन्छु तिम्रो सवारी,

जस्तोसुकै विपद परोस् जिन्दगीमा सधैभरि।

बाटो छोडी हिँड्नुपर्ने मुख मोडी खोल्नुपर्ने,

सँगै खेल्ने चौतारीलाई गोरेटो र देउरालीमा।

पर्खी बस्छु है म त आशा नमारी,  

जस्तोसुकै विपद परोस् जिन्दगीमा सधैभरि।

रमाइलो भा’को छ तिमी आज साथ छयौ,

भोलिको दिन कस्तो होला तिमले छोडी गएपछि।

प्रकाशित: ८ मंसिर २०७८ ०८:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App