२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

छाडा सञ्जाल अश्लील बोली निर्लज्ज चाल

छेस्का

एलपी पराजुली

१) आएर अर्को

फेरिन्न हाम्रो

भाग्यको धर्को।

३) अहम् को तुष्टि

हारेर पनि

हुन्न सन्तुष्टि।

४) जमाना कस्तो?

नृत्य र कला

भएछ सस्तो।

५) छाडा सञ्जाल  

अश्लील बोली

निर्लज्ज चाल।

६) सुन्दै छौं गाली

आग्रह मिल्दा

ठोक्दैछौं ताली।

७)हिंसाको बोली

बोल्नेको दोष

देखिन्छ भोलि।

८) आस्था विभिन्न

गाली पर्याप्त

व्यक्तित्व चिन्न।

९)  रोप्ने तिमी हौ

विकृति फल्दा

किन तर्सियौ?

१०) लिएथ्यौ मजा

आफैंमा पर्दा 

भयो बेमजा।

प्रकाशित: ६ मंसिर २०७८ ०७:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App