१० मंसिर २०८१ सोमबार
image/svg+xml
कला

आडम्बर

लघुकथा

ध्रुवकुमार सापकोटा

बस ओरालो लाग्यो अनि त्यसपछि घुमाउरो बाटो!

छेउमा बसेका एकजना दाइ मसँग गफ गर्न थाले, ‘कता.. के... कसो...।’

केहीबेरमा ‘ए यत्रो पढेको मान्छे तपाईं आफ्नो देशको सेवा गर्न छाडी विदेशिने? यस्तो त भएन नि! तपाईंजस्तो जान्नेसुन्ने मान्छे सबै विदेश गए कसले चलाउँछ हाम्रो देश?

मैले बहस गर्न चाहिनँ। कहिले मुस्कुराइदिएँ,कहिले होहो भन्दै सही थापिदिएँ र कहिले मौन रहेँ। बसले चिया खान आधा घण्टा रोक्यो।

चियापानपछि बस फेरि दगुर्न थाल्यो। उनले आफ्नो वार्ता फेरि छेडे, ‘अनि भाइ, युरोप–अमेरिकातिरको जिन्दगीचाहिँ मस्तीकै छ है? लौ न भाइ, उतै बस्ने हुनुहुँदो रहेछ। हामीलाई पनि जाने तरीका सिकाउनुस् न। यसो मद्दत गर्नुपर्‍यो नि नेपालीले नेपालीलाई।

धुलो उडाउँदै बस कुदिरहेको थियो। गीत बजिरहेको थियो,‘ऐना हेरेर, लाउ माया लाउनेले, धोको फेरेर।’

प्रकाशित: २२ कार्तिक २०७८ ०४:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App