१९ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

देउसीभैलाे खेल्ने चाड

शीत

विष्णु भण्डारी आचार्य

१) रंगी चंगी खुसी बोकी।

२)आयो दोस्रो ठूलो पर्व।

३) देउसीभैलाे खेल्ने चाड।

४) सुरू दिन कौवा पूजा।

५) अर्काे दिन कुत्ता पूजा।

६) घर द्वार चोखो पारी।

७) तेस्रो दिन पुज्छौँ गाई।

८) मिठो मिठो खान दिन्छौं।

९) साँझ लक्ष्मी पूजा गरी।

१०) धूप अनि दियो बाली।

११) भित्री मन स्वच्छ पारी।

१२) सोना चाँदी द्रव्य राखी।

१३) लक्ष्मी आऊ घर भित्र।

१४) धन धान्य पूर्ण गर।

१५) हाम्रो घर बास गर।

१६) मन हाम्रो शुद्ध गर।

१७) भाका झिकी भैली खेल्छौं।

१८) चौथो दिन गोरु पूजा।

१९) साँझ हामी द्यौसी खेल्छौं।

२०) पाँचौँ दिन भाइ पूजा।

२१) दिदी भाइ दाजु बैनी।

२२) एक अर्का प्रेम भाव।

२३) सात रंगी टीका अनि।

२४) गला भरि मालै माला।

२५) दिदी बाट आशिष् थाप्छौं।

२६) आशिष् दिँदै भन्छिन् दिदी।

२७) सदा सदा खुसी हुनु।

२८) कर्म सधैँ राम्रो गर्नु।

२९) सोच सधैँ उच्च राख्नु।

३०) मन बाट रिस द्वेश।

३१) पर परै फाल्ने गर्नु।

३२) पथ्य खानु सत्य बोल्नु।

३३) स्वस्थ हुनु सुखी हुनु।

३४) आशिष् मेरो लागोस् भाइ।

प्रकाशित: १७ कार्तिक २०७८ ०६:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App