२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
कला

सौन्दर्य प्रतियोगिता युवाको सहभागिता र सशक्तिरणको महत्वपूर्ण ‘प्लेटफर्म’: खनिया

युवतीहरुले पनि देशको समसामयिक विषयवस्तुलाई उठाउनु आजको आवश्यकता हो। यस्तैयस्तै विषयमा युवायुवातीहरुको नेतृत्व र क्षमता विकासलाई अभिवृद्धि गराउन हरपल लागि परेका छन्, अभिविन्द खनिया।  

किशोर समूहका युवायुवतीहरुलाई लक्षित गरेर विगत तीन वर्षदेखि ‘मिस्टर एन्ड मिस नेपाल टिन’को कार्यक्रम आयोजना गर्दै आइरहेका छन्। उनले सौन्दर्य प्रतियोगिताको फरक अभ्यास गरिरहेका छन्। उनले केही महिना अघि मात्रै काठमाडौंमा ‘मिस्टर एन्ड मिस नेपाल टिन’ कार्यक्रम सम्पन्न गरेका छन्। कार्यक्रममा देशका विभिन्न क्षेत्रका किशोर समूहका युवायुवतीहरुको सहभागिता रहेको उनले बताए।  

‘सौन्दर्य प्रतियोगिता आयोजना धेरैले गरिरहेका हुन्छन्, तर हामीले सौन्दर्य प्रतियोगिता पनि समाज बुझ्ने र बुझाउने युवायुवतीहरुको लागि महत्वपूर्ण प्लेटफर्म रुपमा विकस गर्न खोजेका हौँ’, उनले भने।  करिब दुई वर्षदेखि नेपालमा कोरोना महामरीका कारण मनोरञ्जनका सबै क्षेत्र ठप्प छन्। कोरोनाले गर्दा युवायुवतीहरु सार्वजनिक मञ्च आफ्ना प्रतिभा र क्षमता प्रस्तुत गर्नबाट बञ्चित भए। तर खनियाले कोरोना महामारीले स्वास्थ्य मापदण्ड सहित मिस्टर एन्ड मिस नेपाल २०२१ आयोजना गरे।

कार्यक्रमा देशका विभिन्न स्थानबाट किशोर समूहका भाइबहिनीहरुको सभभागिता थियो। हामीले अपेक्षा गरे भन्दा धेरै सहभागिहरु आए। लामो समय घरमा बसेका युवायुवतीहरुको लागि यस्ता सार्वजनिक मञ्चको आवश्यक रहेछ भन्ने महशुस गरायो। यसले अर्काे कार्यक्रम गर्न थप उत्साह पनि मिलेको छ ’, उनले भने।  

सन् २०१७ को मिस्टर टिनको उपाधि जितेका उनले आफूले जानेको कुरा अरुलाई सिकाउने प्रण गरेका हुन्। कार्यक्रमा फरक प्रतिभा र क्षमता भएका युवाहरुको सहभागिता लागि उनले जोड दिएका छन्।  ग्यालमर मात्रै  होइन क्षमताको कदर गरेर उपाधि दिइने खनियाको बुझाइ छ।  

‘प्रतियोगित सुन्दारता र क्षमताको दुवैको मापन गरिन्छ। योसँगै सहभागिहरुलाई जीवनका उपायोगी कुराहरुलाई समावेश गरेर तालिम सञ्चालन गरिएको हुन्छ। एसईई पछि फुर्सदमा रहेका छात्रछात्राको लागि यो कार्यक्रम लक्षित गरिएको हुन्छ’, उनले भने।  

खनियाका अनुसार विशेषतः मोडलिङ, फेसन, मिडिया, हस्पिटालिटी क्षेत्रमा यसले करियरको मार्ग प्रशस्त गर्दछ। आकर्षक व्यक्तित्व भएका, प्रभावकारी ढंगबाट बोल्न सक्ने, आत्मविश्वास भएका, नेतृत्वदायी क्षमता भएका व्यक्ति सबैजसो क्षेत्रका लागि पहिलो आवश्यकता हो।

उनी भन्छन्, ‘सौन्दर्य प्रतियोगिताले यी कुरामा सहभागीलाई निखार्ने काम गर्दछ। यही प्रक्रियामा सबैभन्दा बढी निखारिएको र प्रभावकारी देखिएको सहभागी नै अन्ततः सौन्दर्य प्रतियोगिताको विजेता बन्ने भएकाले अवश्य पनि उसले चयन गर्ने आफ्नो करियर र व्यक्तिगत जीवनमा लाभ तथा अवसर प्राप्त गर्छ।’  

सौन्दर्य प्रतियोगिता आयोजना र संख्यात्मक वृद्विसँगै भूमिका र आवश्यकता बढेकाले यसको स्कोप पनि बढेको उनको अनुभव छ। सौन्दर्य प्रतियोगितको उसको लागि नविन हुन्छ। क्षमता भएका युवायुवती समाजको प्रेरणा पनि बन्न सक्छन्। उसले विभिन्न क्षेत्रका सफल व्यक्तित्वहरुसँग अन्र्तक्रिया गर्न पाउँछ। नेपालका समासायिक घटना क्रमलाई प्रस्तुत गर्ने अवसर पाउँछन्।

‘उनीहरुलाई यस्ता मञ्चबाट समाजका गुम्सिएको कुरालाई बाहिर ल्याउने अवसर मिल्छ। शाररिक रुपमा मात्रै मोडल होइन समाजिक रुपमा पनि मोडल हुन पर्छ भन्ने सोचको विकास गरिहेको हुन्छ’, खनियाले भने, ‘विजेताले मात्रै नभएर प्रतियोगि सबैले डेढ महिनको समयावधिमा धेरै ज्ञान आर्जन गर्न पाउँछन्।’

काठमाडौं बाहिरका सहरहरु पनि सौन्दर्य प्रतियोगिता कार्यक्रमको आयोजना गर्ने तयारी छन्, खनिया। उनी भन्छन्,‘काठमाडौं मात्र नभएर बाहिरका युवायुवतीहरुको पनि क्षमता र प्रतिभा बाहिर ल्याउनु पर्नेछ। त्यसैले पनि काठमाडौं बाहिरका सहरहरुमा कार्यक्रमलाई छिट्टै विस्तार गर्दै छौं।’ 

प्रकाशित: १९ आश्विन २०७८ ०५:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App