२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

किन यस्तो हुन्छ ?

कथा

रजनी श्रेष्ठ

रमेश र उषाको विवाह भएको  एक वर्ष हुन लाग्यो। दुवै जना खुसी छन्। दुई बिचको प्रेम विवाहमा दुवैतर्फबाट बाबुआमाको सहमति पनि थियो। बुहारी पढेको, राम्री, मिजासिलो भएकाले सासूससुरा ज्यादै खुसी थिए। उता जुवाइ रमेश पनि असल, ज्ञानी र धेरै पढेकाले छोरीतिरको बाबुआमालाई पनि सन्तोष थियो। मध्यम वर्गीय परिवार भए पनि समाजमा दुवै परिवारको प्रतिष्ठा थियो। विवाह भयो धुमधामसँग सबै खुसी थिए।

एक वर्षपछि उषा आमा बनी। रमेशको भुईमा खुट्टा थिएन। मानौ संसारको सबै सुख उसैका लागि लागिरहेको थियो। बुबा बनेकोमा फुरुङ्ङ थियो। बच्चाको मुख हेर्दा उसलाई आफ्नै प्रतिबिम्ब जस्तो लाग्यो। उही नाक, उही मुख र आँखा उषाको जस्तो देखिन्थ्यो।रमेश उषालाई हेरी मुसक्क हाँस्थ्यो। मानौं उषाले दिएको सुन्दर उपहारमा सन्तोष थियो।

बिस्तारै उषाको केसमा सुमसुम्याउँदै भन्यो –हेर बच्चा हामी दुवै जना जस्तो छ, आधी तिमीजस्तो र आधी मजस्तो !

उषा स्विकृतिको रूपमा मुसुक्क हाँसिन्। समय बित्दै गयो। बच्चा पनि हुर्कदै गयो। आज दुई वर्ष जन्मदिन छोराको घरपरिवार इष्टमित्रलाई पनि निम्तो दिएकाले जन्मदिन धुमधामसँग मनायो।

एवं रितले दिन बित्दै गयो। छोरा ३ वर्षको भयो। परिवारमा आम्दानीभन्दा खर्च बढी हुन थाल्यो। अर्को साल बच्चालाई     प्रि–स्कुल पठाउनुपर्छ। पुनःखर्च बढी हुने देखियो। कुनै आम्दानीको स्रोत खोज्नुपर्ने देखियो।

रात छिप्पिसके पनि रमेश र उषाको आँखामा निन्द्रा लागेको थिएन। दुवै जना सोच्दै थियो।

रमेशले भन्यो– म  ‘साइड जव’ गर्छु । धन्दा नमान, पैसा पुग्छ होला।

उषाले केही बोलेन। मौन स्वीकृत दियो।

भोलिपल्ट बिहान रमेश अफिस जानुभन्दा पहिले उषाले प्रस्ताव राखिन्। म पनि काम गर्छु तर यहाँ हैन विदेशमा गएर! बाहिर गएर काम गर्न सक्यो भने पैसा हुन्छ। डलर कमाउन छोडेर कहाँ यहाँ काम गर्ने! यहाँको कमाइले खान पनि राम्ररी पुग्दैन। महँगी धेरै बढिसकेको छ। राम्रो उपाय बाहिर गएर काम गर्नु नै हो। विदेश अचेल फाइदा नभए को जान्छ र ? त्यसैले म पहिला जान्छु। त्यहाँ अलि व्यवस्था मिलेपछि तपाई र बच्चालाई बोलाउँछु अनि उतै घरजम गरूँला उषाले भनिन्।

–रमेशलाई यो प्रस्ताव पचेन। बाबु सानो छ।  तिमी गयौ भने बाबुलाई कस्को भरमा राख्ने ?

रमेशको भनाइमा उषाले सहमति जनाइन!

–के हुन्छ र। म नभए पनि बुबाआमा हुनुहुन्छ। तपाई हुनुहुन्छ। सबै मिलेर हेरे भइहाल्थ्यो नि! फेरि एकदुई वर्ष त हो नि! यसपछि त हामी सबैसँगै भैहाल्छ नि। अलि धैर्य गर्नुस्। म व्यवस्था मिलाउँछु। उषाले निर्धक्क भएर भनेकाले उषाको आत्मविश्वासलाई  रोक्न सकेन। रमेशको मन मानेको थिएन तर पनि रमेशले म जान्छु तिमी बस भन्यो।

तर उषाको जिद्धीलाई नकार्न सकेन। मनमनै सोची –तिनले राम्रै भनेकी होली।

उषा अमेरिका जाने प्रस्ताव भयो। अचल सम्पत्ति त थियो नै। भिसाका लागि देखाउनुपर्ने रकम चलअचल सम्पत्तिको विवरण पेस  गर्‍यो। अमेरिकन राजदुतावासमा उषाको भिसा लाग्यो। सबै छक्क पर्‍यो। उषा भाग्यमानीमा गनियो। किनभने अमेरिकाका लागि भिसा सजिलैसँग लाग्दैन। नभन्दै  जाने दिन पनि आयो। उषा भोलि जाने भयो। दम्पती रातभर सुतेनन्। दुवै जनालाई पिर लागेको थियो।

दुई वर्ष कसरी बिताउने भनेर उषा रोएकी थिइन्। मैले कसरी छोडेर जाने बाबु र तपाईलाई भन्दै आँसु तप्कियो उषाको। रमेश पनि आँखा आँसुले टिल्पिलाएको थियो। एक अर्काको आँसु पुछ्दै धेरै अबेर भयो। अब सुत्नुपर्छ भन्दै कोल्टो फेर्‍यो। बिहानीको चार बजिसकेको थियो। बिउँझिदा बिहानको आठ बजिसक्यो। भेट्न आफन्त आइसकेको रहेछ। हतारहतार नुहाइधुवाइ गरी भान्छामा जान्छ उषा तर सबै तयार भैसकेको रहेछ।

–आमा हजुरले त सबै काम सकाइसक्नुभएछ, लजालु भावले भनिन्।

सासूले मायालु शब्दमा भनिन्– तिमी जान लाग्यौ बाबा हामीलाई छोडेर । अब नगरी के गर्ने?  

सासूको मायालु शब्दमा उसको आँखा रसायो।

–के गर्ने आमा अलि बन्दोबस्त गर्ने हिसाबले मात्र जान लागेको। मलाई मात्र के रहर छ र परिवार छोड्न। दुवै भावविह्वल भई एक अर्कामा अँगालो हालेर रोए।

आएका पाहुनासँग भेटघाट गर्यो। खानापिना सकेपछि उषा जाने तरखरमा सबैले मदत गर्‍यो। कसैले गाडी ल्याइदियो कसैले  सामान बोकिदियो। प्रस्थानका लागि एयरपोर्टतिर लागे बोडिङको सबै काम सकेपछि बिदा माग्दै उषा छोराकोमा पुग्छन्। तोते बोलीमा छिटो आउने आग्रहमा आमालाई भनिन्–छिटो आउनुस ल!’ रमेशको आँखा रसिएको थियो। आफन्तको अगाडि आँसु थाम्न प्रयत्न गर्यो तर सकेन। आँखाबाट आँसु  झर्न थाल्यो। देब्रे हातले आँसु पुछ्दै छोरालाई दाहिने हातले बोक्यो।

आँसु पुछ्दै उषा प्लेनतिर लागे। धेरै पुगेपछि भित्र सुनसानको अनुभव गर्‍यो। सँगै हुँदा त्यति याद हुँदैन थियो  तर उषा नहुँदा रमेशलाई झन् बढी सम्झना आउन थाल्यो। कहिले कोठामा आएको आभास कहिले भान्छामा बोलाएको शब्द ध्वनिले सताउन थाल्यो। रमेशले कसैलाई भनेन तर उसको मलिन अनुहारले दर्साइराखेको थियो।

छोराको मर्म बुझेको थियो बाबुआमाले।  प्रस्ताव छोराबुहारीको नै थियो। नगर भन्दा पनि मानेन। जिद्धी गर्न थालेकाले बुबाआमाले स्विकृति दियो। आमाबाबुबाट बच्चा हेरिदिएर रमेशलाई केही हलुँगो गरिदिनेबाहेक उपाय थिएन। रमेश काममा जान्छ। छोरासँग खेली मन बुझाउन सिधै घर फर्कन्छ ! एवं प्रकारले दिन बित्दै गयो। समयसमयमा उषाले फोन गर्छ।

भलाकुसारीको कुरा हुन्छ। काम थालिसकेको छु भन्थ्यो। यत्तिकैमा रमेशले चित्त बुझाइराखेको थियो। नभन्दै दिन महिना गर्दै एक वर्ष पनि बितिसक्यो। रमेशलाई कठिन भैसक्यो। उषाले बोलाउने कुरा नै निकाल्दैन। न आउने कुरा नै निकाल्छ। रमेशलाई कस्तोकस्तो लाग्न थालिसक्यो। बाध्य भएर परिस्थितिको सामना गर्दै थियो। पर्खिरहेको थियो उषाको प्रतीक्षामा।

अब त लगभग दुई वर्ष पनि हुन लागिसक्यो। बिस्तारैबिस्तारै फोन आउन पनि टाढा हुँदै गयो। कहिलेकाहीं आक्कलझुक्कल फोन आउने गर्थ्यो।

व्यस्ततााले  फोन गर्न भ्याएन भनेर भन्ने उषा भन्ने गर्थिन्। रमेशको मनमा शंकाउपशंकाले नछाएको त हैन तर प्रेम र विश्वासको भरमा सबै पन्छाइरह्यो ।किनभने उषामाथि रमेशको पूर्ण विश्वास थियो।

तर आज उषाले फोन नगरेको झन्दै तिन महिनाभन्दा बढी भैसक्यो। के कस्तो हो बिरामी भयो कि भन्ने डर थियो। इमेल गरे पनि जवाफ नआउने भयो। रमेशलाई अब के गर्ने भनेर छटपटी हुन थाल्यो।  

अमेरिकामा बस्ने चिनेकाहरूलाई उषाको ठेगाना दिएर एकचोटि बुझिदिनुस् भन्थें। खै कसैबाट पनि जवाफ फर्केन।  निरास भयो। अब म पनि अमेरिका जान्छु भन्ने भयो तर सजिलो कहाँ छ र एक त उषा पठाउन लिएको सापटी ऋण तिर्न सकेको छैन। अर्को थप सापटी कस्ले देला। घर बेचूँ भने बुढेसकालमा बुबाआमा कहाँ बस्ने होला भन्ने अनेक चिन्ताले सताउन थाल्यो एकमाथि अर्का समस्याहरू थपिदै गयो। फेरि आफ्नो जमानतमा पठाएको उषाले भिसा बिगारेर बसेपछि एकै परिवारलाई भिसा के गरेर देला।

एक दिन एक मित्र अमेरिकाबाट फर्केको सुनेपछि उस्को घरमा भेट्न रमेश गयो। साथीसँगको भलाकुसारी सकेपछि उषाबारे सोध्न थाल्यो। तिमीले उषालाई भेटेको थियौ? उसको खबर केही छ ? खै उसँग फोनमा कुरा नगरेको पनि धेरै भैसक्यो। तिमीलाई थाहा छ भने भनन।

उसको कुरा साथीले सुनी मात्र रहेको थियो, केही बोलेन। देखेको नदेखेको केही जवाफ दिएन। साथी चुपचाप बसेकोे देखेर रमेशको मनमा कौतुहलता भयो।

पुनः आग्रह गर्यो–भन न उषालाई तिमीले भेट्यौ कि भेटेनौ।

साथीले भन्न मन नलाईनलाई भन्यो– मैले भेटेको थिएँ।

कस्तो छ तिनलाई, रमेशले पुनः सोध्यो।

– सबै ठिकै छ भन्नुपर्यो।

– मतलब तिमीले के भन्न खोजेको। राम्रोसँग खुलाएर भन न। साथीलाई ज्यादै असजिलो भयो।

धेरै आग्रह गरेकाले साथीले भन्यो –तिमीले सुन्न सक्छौ उसको कुरा ! आँट गर्छौ भने उषाको कुरा म भन्छु। हिम्मत छ सुन्नलाई ?

रमेशको मुख निलो भयो। यो देखेर साथीले भन्छ –हेर रमेश जीवन यस्तै हो!कसैको पनि भर नगर्नु बेस होला।

मैले बुझिनँ, रमेशले भन्यो– हेर भाइ उषा त अर्कै साथीसँग बसिसक्यो तिनको आस नगर।

रमेशलाई कसैले आकाशबाट धकेलिदिएको जस्तो भयो। उस्को सबै इच्छा–आकांक्षामा तुवाँलोले ढाक्यो। सपनाहरूमा भुईंचालोआयो। एकछिन अघिसम्म  सजायको संसार चकनाचुर भयो। सबै बिलाए आँखाको नानी अगाडि, फनफनी रिँगटा लाग्यो निधारबाट चिटचिट पसीना निस्कन थाल्यो। सबै दृश्य मलिन हुँदै गयो।  

प्रकाशित: ३० भाद्र २०७८ ०७:११ बुधबार

अक्षर