२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
कला

उचाइको छायांकनका लागि नेपाल आउँदै अमिताभ बच्चन

नेपालमा बेलाबेला हलिउड बलिउड फिल्मको छायांकन भइरहेको हुन्छ। पछिल्लो समय नेपालमा छायांकन भएको हलिउड फिल्म ‘एभरेस्ट’ हो।

त्यसअघि बलिउड फिल्म ‘बेबी’ र हलिउड फिल्म डाक्टर स्ट्रेन्जुलाई नेपालसँग कथा जोडेर छायांकन गरिएको थियो। नेपालमा वेब सिरिजुको छायांकन हुने क्रम पनि बढ्दो छ।

यसैबीच नेपालमा फिल्म छायांकन गर्न बलिउड अभिनेता अमिताभ बच्चन आउने भएका छन्। भारतीय मिडियामा उल्लेख भएअनुसार उनी ‘उचाई’ फिल्मको छायांकनका लागि नेपाल आउन लागेका हुन्।

पारिवारिक कथा बनाउन माहिर मानिने सुरज बडजात्याले यो फिल्मको निर्देशन गर्ने छन्। मित्रताको कथामा आधारित रहेर निर्माण हुने भनिएको फिल्ममा अमिताभसँगै अनुपम खेर, बोमन इरानी, नीना गुप्ता, पंकज त्रिपाठी लगायतको अभिनय रहनेछ। राजश्रीको व्यानरमा निर्माण हुने फिल्मका लागि अमिताभले नेपालमा ४० देखि ४५ दिन बिताउने छन्।

प्रकाशित: १८ भाद्र २०७८ ०२:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App