२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
कला

बिजुलीको

कथा

होमनाथ खनाल

ऐया र आत्था गर्दै धेरै बेरसम्म रुवाबासी गर्दै ढलेका आकाशलाई दुःखाइ कम हुँदै गएको अनुभव हुन थाल्यो। एक्कासि किन यसरी दुख्यो भन्ने सम्झिंदासम्झिंदै भुसुक्कै निदाउँदा अरू कुरा सोच्नै पाएनन्। एकैचोटि छोरीले बिहान बढारकुँढार गर्दा मात्र थाहा पाए उज्यालो भैसकेछ भनेर। दुःखाइ पूरै कम भैसकेको रहेछ। अघिपछि जस्तै छर्लङ्ग भएको महसुस हुदाँ खुशी भए आकाश पनि।

मानव जाति सबै एकनासका प्राण भए तापनि यस धर्तीमा आफ्नाआफ्नै तरीकाले जिएका छन्। कोही धनी, कोही गरिब, कोही सुखी र कोही दुखी छन् भने सपांग–अपांग भएर जन्मेका मानिसहरूको जिउने तरीका पनि बेग्लाबेग्लै देखिन्छ। सृष्टिको

नियम नै यस्तै हो कि क्या हो। यसो हेर्दा मायाममता, त्यो दुखीमाथि भगवानको पनि नहुने रहेछ क्यार। कोही मन्दिरमै बसेर पनि भिख मागेर बाँचेका छन् भने कोही दिनरात दुःख गरेर बिहान–बेलुकाको समस्या टारेका छन्। जस्तै घामपानी, आँधीहुरीसँग लड्दै भिड्दै  गुजारा गरेर बसेको देख्दा ती कृपालु भगवानको नजर त्यता नपर्दा भगवानसँग पनि कस्तो आशा गर्ने होला जस्तो लाग्छ। किन यसरी पक्षपात भएको होला जस्तो पनि लाग्छ। विचित्रको छ यो संसार।

त्यो विचरी बिजुली दुई वर्षको उमेरमै आमा गुमाएर पीडै पीडा र दुःखै दुःखमा भोकै र नांगो फोहोरमैलामा डुब्दै जिउन बाध्य भएकी बिजुली र आकाशमाथि भगवानको पनि नजर पुग्न सकेन। जे होस् फत्र्याकफुत्रुक हुँदै ढलेका आकाश बिहान उठ्दा बाबुछोरीमा खुशीयाली नै छायो। यस्तै कथा बोकेर दोस्रो भागमा आएको छु बिजुलीको कथाव्यथा बोकेर।

पहाडको गाउँ भिरालो जमिन पन्ध्रसोह्रवटा घर भएको त्यो बस्तीमा सबै आआफ्नै तरीकाले जिएका छन् तर आकाशबहादुरको जस्तो पीडादायी जिन्दगी अरूको छैन।

श्रीमतीको मृत्युपछिका दिनहरू आकाशका लागि सधैं दुःखै दुःखका दिन भए ,सुखशान्ति के हो बाबु छोरीले भोग्न सकेनन्।

त्यो गाउँकी एक्ली बिजुली,जसको सहारा बाबुबाहेक कोही छैन। साथीभाइ कोही छैनन्। गाँउमा केटाकेटी खेलेको हाँसेको घरबाट देख्छिन् तर किन हाँसेका किन उफ्रेका उनलाई थाहा छैन। हाँसो के हो, पीडा के हो, सुख के हो र कस्तो हुन्छ, यस्ता शब्द उनीसँग छैनन्। उँभो हेर्दा भिरपहरा, पारिपट्टिको गाउँ, हरियाली डाँडा यिनै यिनका आँखाका साथी छन्। संसार बिजुलीका लागि यति मात्र छ, यस्तै भोग्दै बिहानबेलुका घरको काम गर्दै जिन्दगी बिताउँदै आएकी बिजुलीतर्फ न त गाउँलेकै नजर परेको छ न त भगवानको दयामाया र ममता नै छ। संसार के हो कस्तो छ, थाहा नै नपाई एघार वर्षमाथि पुग्न लागिन्। अब बिजुली  पनि पौषको महिना धेरै ठन्डा छ। घाम मजाले लागेको हुनाले बिजुली बारीको डिलमा बसेर घाम तापिरहेकी थिइन्।

राम्रो लुगा तातो कपडा केही नहुनाले सधैं त्यही कपडा लाउनुबाहेक अरू उपाय थिएन। त्यहीँ बाटो गरेर एकजना मानिस उनको नजिकै ठ्याक्क आउँदा झसंग भइन्। को होला, कति सफा लुगा लगाएको कति राम्रो मानिस भन्दै मनमा गुनिरहिन्। हाम्रा बाउले त यस्ता लुगा लगाएको कहिल्यै देखिनँ।

कस्ता मान्छेहरूले मात्र यस्ता लुगा लगाउने होला। भरे बाउलाई सोध्छु अनि यस्तै राम्रो लुगा लाउनु है भन्छु भन्दै चुपचाप बसिरहिन्।

बादल आज पल्लो गाउँतिर घुम्न निस्किएका थिए। बारीको डिलमा घाम तापेर बसेकी फोहोरै फोहोर मा लडीबडी गरेजस्ता लुगा, कपाल जिङरिङ्ङ, परेको ननुहाएर होला मैला देखिन्छ। दुब्ली पातली कहिलै सफाइ नपाएजस्ती छेउमा जाँदा गनाउने नानी देख्दा बादलको मनमा एक किसिमको आँधीबेहेरी नै आएजस्तो भयो। आफ्ना नानीहरू सम्झे अनि घाम तापेर डिलमा बसेकी बिजुलीको अवस्था देख्दा दयालु मानिसको हृदयमा आँधीबेहेरी आउनु पनि स्वाभाविक नै हो।

–तिम्रो नाम केहो नानी? बादलले सोध्नेबित्तिकै माटाका डल्ला खेलाउँदै बिजुली हो भनिन्। बाउको नाम आकाश र मेरी आमा मरिन् अरे। कस्ती थिइन् मैले देखिनँ। थाहा छैन भन्दै माटाका डल्ला खेलाइरहिन्। खाना खायौ त भन्दा खाना त खाको छैन हिजो बेलुकाको ढिडो तताएर खाँए। बाउ काममा गएका छन् भरे आउँदा चामल पिठो ल्याउँछन् अनि भात खाने भनिन्।

यस्तो सुन्दा बादलको हृदय नै छियाछिया भयो। मन रोयो, मायाको सागर उर्लेर आयो। जुरुक्कै बोकेर अँगालोमा लिनुजस्तो भयो धेरैबेरसम्म बिजुलीलाई नियालिरहे दयालु बादलले। गाँउमा बादललाई सबैले सम्मान गर्थे। पहिला उद्योग व्यवसाय चलाएर बसेका थिए। केही सम्पत्ति आर्जन गरेको थियो। खन–लाउन कुनै दुःख थिएन। सानो परिवार सुखी  परिवार थियो। जिन्दगीमा धेरै आरोह– अवरोह पार गर्दै आएका बादलको ज्यादै दयालु स्वभाव  थियो। कसैको दुःखमा आँसु झार्थे। आफैलाई परेको पीडा सम्झन्थे। सहयोग गर्न पनि पछि हट्दैन्थे। भगवानले पनि उनलाई सधैं साथ दिनुभए जस्तो लाग्थ्यो। गाउँमा उनको सबैले आदर गर्थे। बिजुलीबाट छुटेर सिधै घर फर्के। अन्तै हिँडेका थिए।

त्यस्तो अवस्थामा एउटी बच्चीलाई देख्दा मन थाम्न सकेनन्। घरमा आए पनि धेरैबेरसम्म उनको मन बिजुलीतिरै कुदिरह्यो। सधैं हँसिलो देखिने आफ्ना श्रीमान् बादलको अनुहार खिन्न देखेर ज्योतिले हजुर आज अलिक खिन्न जस्तो लाग्छ किन होला भन्दै चिया टेबलमा राखिन।

चियाको घुट्को सबै बेलिबिस्तार सुनाए र मन अलिक हल्का भएको महसुस गरे बादलले। दुःखबाटै  आएका बादल ज्योति दुवैको मन दयालु थियो।घरमै ल्याएर सँगै राख्ने निधो भयो दुवैको। भोलि बिहानै बादल बिजुलीको घर जाने सल्लाह गरे रातमा पनि बादल राम्ररी निदाउन सकेनन्। बिजुलीलाई आँखा अगाडिदेखि रहे।

बिहानै आकाश  बिजुलीको घरतर्फ लागे। ढिला भयो भने आकाश काममा गए भने फेरि अर्काे दिन कुर्नुपर्ने हुन्छ भन्ने सम्झेर हल्का खाजा खाएर हिँडेका थिए। मनमा अनेक कुरा खेलाउँदै। बिजुलीको घर पुग्न दुई घन्टा जति हिँड्नुपर्थ्यो   

बिजुलीको गाउँका मानिसले बादललाई चिन्थे। सबैको आँखा नानीजस्तो भएर बसेका बादललाई नचिन्ने कुरै भएन।

छिटछिटो हिडेर आठ बजेतिरै आइपुगे बादल। गाउँमा सबैले चिन्ने हुनाले त्यहाँका दुईचार जनालाई यो खबर सुनाई। गाँउका मान्छे सबै छक्क परे आकाशको भाग्य अब चम्किने भएछ भनेर । एकैछिनमा गाउँमा पूरै हल्ला भयो। आकाशका बाबु छोरी बादल सरको घरमा लाने अरे ।बिचरा धेरै दुःख पाएको थियो। गरिबका पनि दिन फिर्छ एकदिन भन्थे साँच्चिकै हो रहेछ भनेर गाँउमा कुरा चल्न थालो। हल्ला हुने ्िबत्तिकै गाँउले हरु सबै भेला भए आकाशको म।

गाउँका सबै मानिसले झुपडीलाई घेरिहाल्यो। कतिलाई त्यो घरको अवस्था नै थाहा थिएन।बिजुली र आकाशको त्यो अवस्था छ भनेर। घरको हालत र फोहोर मैलाले पुरिएको त्यो  अवस्था देख्दा सबैको मन छोयो नै। आकाश बिजुली छक्क परे किन यसरी हाम्रो झुपडीमा भेला भए भनेर। बादलले म आजदेखि आकाश मेरो भाइ र बिजुली मेरी छोरी हुन्। यसरी नै माया गर्छु। यो दुःख मैले हेर्न सकिन।अब जेजस्तो भए पनि हामी दाजुभाइ भएर बस्ने छौं। अब हिँड घर जाउ। यी सामानहरू तपाई छिमेकीहरूले राखिदिनु, राम्रो भए चलाउनु भन्दै आकाश र बिजुलीलाई अघि लाएर बादल घरतर्फ लाग्दा सबैले बादलको जयजयकार गरे।  

प्रकाशित: १३ भाद्र २०७८ ०४:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App