२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
कला

झिँगा

लघुकथा

बालकृष्ण गजुरेल  

पैसाको दुर्गन्धले वातावरण दुषित पार्‍यो। भक्तहरूले अगरबत्तीको  वासना भने। स्तुति ज्ञान गाए। खाना खाँदा भागमा बस्यो। रछ्यानमा बस्यो। शौचालयमा बस्यो।महामारी फैलियो। सबै वाक्क बन्न थाले। संकट समाधानका लागि बैठक भयो।

‘सती देवीको शरीर पतन गर्न सृष्टि गरिएको जीव अजीव रहेछ ।’बैठकमा गाउँको भलाद्मी बोले।

वृद्ध किसानले आजित हुँदै भने, ‘नेताभन्दा कम छैन। फूलमा बस्ने तथा रस खाने कर्मठ माहुरीले मात्र हो। झिंगा फोहोरमै बस्छन्।अस्तित्व पतन गराउँछन्।’

  – हेलम्बु–६, सिन्धुपाल्चोक।

प्रकाशित: ९ भाद्र २०७८ ०६:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App