चिरञ्जीवी ढकाल
न ऊ किनारा,न यो किनारा,
मझधारमा छ, कर्म हारा।
कोसिस गर्यो, जिन्दगीभरि,
ज्यूँ का त्यूँ रहे, समस्या सारा।
बनायो कठै, महल कति,
रात बितायो, गनेर तारा।
दोषी भनिन्थ्यो,व्यवस्थालाई,
बदले पनि, उस्तै छ पारा।
जस्को निमित्त, ढाल ऊ बन्थ्यो,
बनेको छ उही, ज्यानमारा।
न रह्यो भेष, न रह्यो भाषा,
निमिट्यान्न भयो, भाइचारा।
निर्लज्ज छ, युद्धको सिपाही,
न सक्दा तिर्न, माटोको भारा।
प्रकाशित: २८ श्रावण २०७८ ०५:५६ बिहीबार