२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
कला

गुट

लघुकथा

टंकबहादुर आले मगर

 

निकुञ्जछेउको गाउँ। रातभरि हात्ती खेद्नुपर्छ राँको र पुल्ठो बालेर।  नाङ्लो र थोत्रे टिन ठोक्दै, हैहै गर्दै  पूरै गाउँ रातभरि घुम्नपर्छ। नत्र लगा’को बाली, घरगोठ भन्न पाइँदैन।

उस्तै बाघको पनि बिगबिगी छ। धेरै मान्छे खाइसक्यो। दुर्गा भगवती र गणेश भगवानको धूपधुवाँर गर्दा पनि रोकिएको छैन। सरकारबाट पनि पहल भएको छैन।

आज पनि गाउँमा उर्दी भयो, हात्तीको हाँच आको छ है भन्दै।

राति हल्ला भयो धनबहादुरको घर भत्कायो भन्दै।

बिहानै सन्तेलाई बुकुनेले सोध्यो, “हिजो बेलुका किन हात्ती लगार्न नगाको ?”

“बले मेरो गुटको नहुनाले।”

“ए” भन्दै बुकुने हिँड्यो।

पाँचौ दिन केटाकेटीको कारण सन्तेको घरमा आगो लाग्यो। मुस्किलले ज्यान बचायो सन्तेले। भोलिपल्ट गाउँमा गएर रुँदै भन्यो, “यत्रो आपतमा पनि कसैले गुहार दिनुभएन।’

सानोटारे काकाले भन्नुभयो, “दुःखद घटना भयो। सहायता गर्न हामी तेरो गुटका मान्छे  परेनौं। हामीले अझसम्म गाउँलेभन्दा केही बुझेका थिएनौं र आउन सकेनौं।’

सन्ते पछुतोमय बोल्यो, “गाउँ समाजमा गुट नहुँदो रहेछ । माफ मागे सबैसँग।

परिणाम  गाउँलेको अपार सहयोगले तीन दिनमै नयाँ घर ठडियो सन्तेको।

प्रकाशित: २१ श्रावण २०७८ ०८:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App