२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

मेरी हजुरआमा

बालकविता

रञ्जुश्री अधिकारी

 

हजुरआमा मेरी छिन् सबैभन्दा फुर्तिली,

खोजी गर्छिन्  सबैको खाए – खाएनन् भनी

जाडो महिना मकैभटमास खाजा मीठो भनी

मकलमाथि वदान गाडी हाल्छिन् घान उनी

 

     तातो मकै भटमाससँगै खन्याउँछिन्  नाङ्लोमा

     भुटी मकै  हावासँगै उडी वास्ना पुग्छ तल खेतीमा

      बाजेसँग बाबा आउँछन् खाजा खान आँगनीमा

      कोही खान्छन् थालमा राखी कोही भर्छन् खल्तीमा

 

हजुर आमा  फुर्तिली  दाँत  उनका  बलिया

हाल्दछिन्  मकै–भटमास फाँको मार्दै मुखमा

वरिपरि बसेर सबै गफ चुट्दछन्  रसिला

केटाकेटी रमाउदै कुरा गर्छन् रमाइला

 

       बुहारी नानी भित्रबाट गुन्द्रुक साँधी ल्याउँछिन्  

        मसलादार  ट्वाक्क सित्तन सबलाई बाँडी दिन्छिन्  

        केटाकेटी पिरो अचार खान्नौं  हामी  भन्दछन्  

        बटुकीमा मोही देऊ  आमा हामालाई भन्दछन्।

प्रकाशित: २४ असार २०७८ ०४:१७ बिहीबार

अक्षर