२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

असल बन

बालकविता

रञ्जुश्री पराजुली 

 

गर्मी जाडो हिजो आज आउँछन्  जान्छन् ,

बिहानी र रात पनि त्यसै क्रममा आउँछन्।

 

रात नभई दिन हुन्न सबैले यो जान,

गर्मी अनि जाडो आउँछ यो  मान।

 

पढ्न लेख्न अल्छ भए  ज्ञानी भइँदैन,

नपढेकालाई कतै पनि  इज्जत गरिँदैन।

 

आज तिमी पढ्न –लेख्न अल्छी मान्नु हुन्न,  

परिश्रमलाई पन्छाउँदै   पर  फाल्न हुन्न।

 

सानो मान्छे तिमी आजभोलि  ठूलो हुन्छौ,

ज्ञान बुद्धि विवेकी भए भोलि मानी बन्छौ।

 

देश विकास गर्ने जिम्मा तिम्रो काँधमा पर्छ,

सोचविचार  गरीकन राम्रो कार्य गर्नुपर्छ।

 

असल ज्ञानी  बुद्धिमानी जन्मैदेखि तिमी छौ,

भविष्यको कर्मठ नागरिक पनि तिमी नै हौ।

 

झुक्याउने  र अल्झाउने बाधा वरिपरि ,

तिमी हिँड्ने बाटोभरि तगारो घरीघरी।

 

स्वविवेक अँगालेमा जीवन राम्रो बन्ने छ,

मिहेनतले तिमीलाई असल बनाउने छ।

 

सफल बन्ने गुरुमन्त्र यही हो जानी राख,

विचलित नभैईकन कर्म गर्ने उद्देश्य राख।

प्रकाशित: २३ असार २०७८ ०३:३९ बुधबार

अक्षर