२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

सानो भाइ कस्ले बोकिदिन्छ ?

बालगीत

प्रेम राई परीक्षित

 

घरआँगन चुल्होचौको कस्ले पोतिदिन्छ ?

पढ्ने थिए सानो भाइ कस्ले बोकिदिन्छ?

घरआँगन ... !

 

सबै भन्छन् अक्षरमा भविष्य देखिन्छ,

कलम भन्नू कस्तो हुन्छ कसरी लेखिन्छ।

दाइको हातमा कलमा छ मेरो हातमा कुचो,

आफ्नो त कलम भन्नू कोदाली र कुटो !

घरआँगन ... !

 

भाइ पढ्ने स्कुलमा कत्ति धेरै  साथी,

कुरा उनको अर्कै रैछ पुग्ने धेरैमाथि ।

हामी पनि यो युगका हौं आधी आकाश,

देशको नाम उँचो पार्ने हामीमा छ सहास।

घरआँगन ... !

प्रकाशित: २० असार २०७८ ०९:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App