२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
कला

कत्रो हतार फूल चुँडेर भाग्छन् हुरी बतास

हाइकु

भुवन शिवाकोटी चौघरे  

 

   १)

उधार्छ आँखा

हिमचुली वदन

सर्वागं तिम्रो ।

 

  २)

हेर भागेर

परेली नै जोडेर  

थुन्या छु प्रिय।

 

   ३)

अमूल्य रस

दुई थोपा खसेर

माया निख्रिन्न

 

   ४) 

हेर ! सुमन  

उत्तर आकाशमा

जोडिए तारा।

     ५)

आगोको ज्वाला

मुटु छिचोल्ने याद

लुकाऊँ कहाँ।

    ६)

रित्तो खल्तीमा

भरिएको सम्झना

हेर्ने रहर।

    ७)

 आँगनछेउ

परेवाले सिकायो  

प्रणयलीला।

    ८)

कत्रो हतार

फूल चुँडेर भाग्छन्  

हुरी बतास।

 

९)

औंसीको रात  

प्रेमको आँगनमा  

रोपियो जून

 

 १०)

हिँउको पानी  

नसम्झ कमजोर

नेपाली मुटु।

(‘छरिएका पाइला’ हाइकु सङ्ग्रहमा सङ्गृहीत !)

प्रकाशित: ११ वैशाख २०७८ १०:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App