१४ चैत्र २०८२ शनिबार
image/svg+xml
कला

अभिनेता अक्षय कुमारलाई कोरोना संक्रमण

पछिल्लो समय भारतमा कोरोनाको दोस्रो लहर चलेको छ त्यहाँको अवस्था फेरी भयावह बनेको छ यसले बिस्तारै तंग्रिदै गरेको बलिउड क्षेत्रमा पनि नराम्रो असर पारेको छ। यसैबीच बलिउड अभिनेता अक्षय कुमारलाई कोरोना संक्रमण भएको छ।

अक्षयले सो कुराको जानकारी सामाजिक सञ्जालमार्फत दिएका हुन्। उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै भनेका छन्, 'म सबैलाई बताउन चाहन्छु आज बिहान मेरो कोरोना रिपोर्ट पोजेटिभ आएको छ। सबै सुरक्षालाई ध्यानमा राख्दै मैले आफूलाई घरमै क्वारेन्टाइन गरेको छु र आवश्यक चिकित्सा सहयोग खोज्दै छु।'  

साथै उनले आफूसंग सम्पर्कमा आएका सबैलाई सकेसम्म चाँडो कोरोना परिक्षण गराउन आग्रह गरेका छन्। 

प्रकाशित: २२ चैत्र २०७७ ०५:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App