coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

रजनीकान्तलाई 'दादासाहेब फाल्के अवार्ड' प्रदान गरिदैँ

अभिनेता रजनी कान्तलाई भारत सरकारले  'दादासाहेब फाल्के अवार्ड' प्रदान गर्ने भएको छ। उनले चलचित्र क्षेत्रमा पुर्‍याएको योगदानको सम्मान गर्दै रजनीकान्तलाई यो अवार्ड दिन लागिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

सूचना तथा प्रसारणमन्त्री प्रकाश जावेडकरले बिहीबार ट्विटरमामार्फत रजनीकान्तलाई यो अवार्ड दिने घोषणा गरेका हुन्। उनले लेखेका छन्, 'यो घोषणा गर्न पाउँदा निकै खुसी लागिरहेको छ। सन् २०१९ को दादासाहेब फाल्के अवार्डबाट भारतीय फिल्म क्षेत्रको महान् कलाकार रजनीकान्तलाई सम्मान गरिने भएको छ। अभिनेतासँगै उनले निर्माता र पटकथाकार भएर फिल्म क्षेत्रलाई पुर्‍याएको योगदान ठूलो छ,।'

सन् १९६९ मा स्थापना भएको यो अवार्ड भारतको सबैभन्दा प्रतिष्ठित सम्मान हो। हरेक वर्ष प्रदान गरिने यो अवार्ड भारतको नेसनल फिल्म अवार्डसँगै सरकार र अवार्डका आयोजकबाट संयुक्त रुपमा प्रदान गरिन्छ।

चलचित्र क्षेत्रसंगै.राजनीतिमा पनि प्रवेश गरेको तीन वर्षपछि हालै रजनीकान्तले आफ्नो स्वास्थ्यकोसमस्याको कारण देखाउँदै नयाँ पार्टी नखोल्ने घोषणा गरेका थिए।

प्रकाशित: २० चैत्र २०७७ ०६:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App