१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
कला

स्वर्गतुल्य नेपाल भयो फोहोर रछ्यान

गीत

  हामी भ्यागुता...हामी बाँदर...,

त्यसैले त पछौटे यो गाउँ यो शहर ।

 

न आफूले काम गरयो न अरूलाई गर्न दियो,  

सबै आयात नेपालमा हो बन्दैन जाबो सियो ।

 

लुट्ने चोर्ने ढाँट्ने छल्ने बढ्यो जालझेल,

अपराधीले माफी पाउँदा रित्तियो रे जेल ।

 

बामे सर्न नजान्नेको दौडिने रहर,

त्यसैले त पछौटे यो गाउँ यो शहर ।

 

असल हैन कमसल गर्छ धेरै चुरीफुरी

विदेशी यहाँ घोडा चढ्छन् हामीचाहिँ धुरी ।

 

नीति–नियम मान्नेभन्दा बिगार्नेको लर्काे,

कामभन्दा भ्रष्टचारी सधैँ गर्छ झर्काेफर्काे ।

 

अभावसँगै बढ्दो छ गरिबी कहर,

त्यसैले त पछौटे यो गाउँ यो शहर ।

 

विवाद जहिल्यै झगडा यो दन्तबझान,

स्वर्गतुल्य नेपाल भयो फोहोर रछ्यान ।

 

चेत खुल्लाभन्दा झनै मति भ्रष्ट देखेँ ,

नेपालको मायामा मैले यो गीत लेखेँ ।

 

छापिन्छ झूटो जहाँ लुक्छ सत्य खबर,

त्यसैले त पछौटे यो गाउँ यो शहर ।

प्रकाशित: २३ फाल्गुन २०७७ १२:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App