४ पुस २०८१ बिहीबार
image/svg+xml
कला

बस्दिनँ म शहर बजारमा

कविता

खुला ठाउँ पहाडमा, बसेको थिए पैले,

शहर पस्ने रहर भयो, आको छु म ऐले ।

 

ठूला अग्ला घर देख्छु, जमिन छैन खाली,

वरपर केही देखिन्नन् लाको, अन्नबाली ।

 

बस्दिन म शहर बजारमा,  

हराइने भो मानिस हजारमा ।

बाटाघाटा जताततै, गाडी कुद्या कुद्यै,

मानिसको दोहोरीलत्ता, भीडभाड देख्छु खूबै ।

 

पहाड जस्तो ठाउँ छाडी, शहर पस्तो भएँ ,

शहरभित्र आजभोलि, हराउँदै गए ।

बस्दिन म शहर बजारमा,  

हराइने भो मानिस हजारमा।

 

उकुसमुकुस हुन थाल्यो, सम्झी गाउँ पाखो,

दूध, दही , सागसब्जी, आउँछ याद खाको।

 

आफ्नै बारी आफ्नै खेतमा,लाको अन्नबाली ,

अन्नपात अन्य चिजको, हुन्नथ्यो कहिल्यै खाली ।

बस्दिनँ म शहर बजारमा,  

हराइने भो मानिस हजारमा ।

 

प्रकाशित: २० फाल्गुन २०७७ ०९:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App