८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
कला

असल चिजकै कमजोर पाटो छोपिएको हुन सक्छ

मुक्तक

 

 

राजु आचार्य दीप  

 

 

       १)

आश्वासन दिएर जनताहरूलाई ढाँटुन्जेल यस्तै हो,

कार्यकर्ताले मात्रै मीठो– मसिनो चाटुन्जेल यस्तै हो ।

तपाईंले सोचेको जस्तो परिवर्तन कहाँ छ महोदय,

नेताले जनमत रक्सी, मासुसँग साटुन्जेल यस्तै हो।

      २)

आवरणलाई रङ्गको भाँडोमा चोपिएको हुन सक्छ,

अन्तर भागमा विषको विरुवा रोपिएको हुन सक्छ ।

बाहिर हेरेर निष्कर्ष निकाल्नु गलत हो मान्छेहरूले,  

असल चिजकै कमजोर पाटो छोपिएको हुन सक्छ।

प्रकाशित: १ फाल्गुन २०७७ ०६:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App