दिल्ली केही दिनदेखि अशान्त थियो । उच्च सतर्कताको साथै सबैतिर प्रहरीको तैनाथ बढाइएको थियो । गाजीपुर , किकिॅट र सिंघु बोर्डरमा धनॉ दिइरहेका लाखौ आन्दोलनकारी किसान दिल्ली प्रवेश गर्न नसकोस् भनी दिल्ली पुलिसद्वारा सुरक्षा व्यवस्था कडा पारिएको थियो ।
प्रहरी हवल्दार अशोक सेवा सपरिवार लालकिल्ला सुरक्षा पोष्टको क्वाटॅरमा तीन बस्दै आएको तीन वर्ष भएको थियो ।
गाजीपुर नाकामा एक हप्तादेखि ड्युटीमा रहेका उनी आठौं दिन भोकाएको अवस्थामा आफ्नो क्वाटॅरमा फकिॅए ।
नुहाइधुवाइ गरी पेटभरि भात खाने विचारले कोठामा पुगेका उनले छोराछोरी र पत्नीलाई एकै पोको परेर बसेको देखेपछि सोधे – तारा , के भो ? किन यसरी रून्चे अनुहार पारेर बसेकी ? उठउठ । के पाकेको छ खाउँ । मलाई त अच्चाकाली भोक लागेको छ।
अशोककी पत्नीले चिन्तित हुँदै भनिन्, – के छ र पकाउनु ? चामल र पिठो सिद्धिएको दुई दिन भइसक्यो । किन्न गयो, बजारमा छैन भन्छ । बिस्कुट र पाउरोटी समेत पाउन छोडिसक्यो । छोराछोरी आज पनि भोकै सुतेका छन् । अब किसान आन्दोलन यसरी नै अरू केही दिन चल्यो भने दिल्लीका जनताचाँहि भोकले मलॉजस्तो छ ।
अहिले भने हवल्दार अशोकले आफूले किसानसित गरेको दुव्र्यवहार ,बुज्रुक किसानमाथि लाठीचार्ज र सडकमा बाक्लो अवरोध खडा गरेर षड्यन्त्रपूणॅ ढंगबाट उनीहरूलाई घेराबन्दी गदैॅ लगेको सबै घटना झल्झली सम्झिए ।
– अब के खाने त ? चिया पकाऊ त ?
अशोक बोल्न सकेनन् । यतिञ्जेल उनको पेटभित्र दन्किएको भोकको आगो निभिसकेको थियो । उनले भोकै सुतेका छोराछोरीलाई पालैसँगै सुम्सुमाए । उनको आँखाबाट बरर खसेको आँसुले दुवैको गाला भिज्यो तर उनीहरू बिउँझेनन्। उनले मनमनै भने – हे अन्नदाता किसान, मलाई माफ गर ।
प्रकाशित: २१ माघ २०७७ ०५:५२ बुधबार