आँखाले आँखाको चाल चिने जस्तैगरी,
कवाडीले हेर्न साथ माल चिने जस्तैगरी ।
सिक्नु छ केही सूत्र, बाँच्नकै लागि पनि,
माछीले भंगालोको छाल चिने जस्तैगरी ।
नेता हुन नेताकै गुन हुनुपर्ने रै’छ क्यारे,
बजारका प्रत्येक दलाल चिने जस्तैगरी ।
पीडित लाभान्वित हुनुअघि महाशयले,
चोरी – चोरी बेच्ने त्रिपाल चिने जस्तैगरी ।
यसरी सिक्नु यसरी जान्नु तिमीले पनि ,
भैंसीले शुद्ध हुन आहाल चिने जस्तैगरी
प्रकाशित: १९ माघ २०७७ ०४:०३ सोमबार