सुहाना लम्साल
तिमी मन्दिरमा हजारौंको फूल किनेर चढाउँछौं
म आफ्नो बगैचाबाट टिपेर चढाउँछु
भगवानलाई मूल्यले फरक पार्दैन
भगवानले त खालि आस्था खोज्छ ।
तिमी रेस्टुरेन्टमा गएर हजारौंको पिज्जा खान्छौ
म घरमा सादा रोटी आफ्नै हातले बनाएर खान्छु
भोकलाइ मूल्यको आवश्यकता पर्दैन
भोकले त खालि खाना खोज्छ ।
तिमी सयौ रुपियाँ तिरेर मिनरल वाटर पिउँछौ
म आफ्नो धारामा आउने पानी छानेर पिउँछु
पानीको महँगो मूल्यले प्यासलाई फरक पार्दैन
प्यासले त खालि पानी खोज्छ ।
तिमी आलिसान बङ्गालमा लाखौंको पलङमा सुत्छौ
म झुपडीमा आफूले बुनेको गुन्द्रीमा सुत्छु
निन्द्रालाई कति मूल्यको बिछ्यौना छ भनेर फरक पर्दैन
निन्द्राले त खालि आराम खोज्छ ।
प्रकाशित: १८ माघ २०७७ ०४:०९ आइतबार