२९ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

जस्ता मान्छे, उस्तै सञ्जाल

 घामजाडो अभिशाप, गरिवको चोला

चिसो लाग्यो भित्रैदेखि, माघ कहिले जाला !

लालाबाला रुन्छन् हाम्रा, चाउरी पार्दै गाला

गरिवको दिन फिर्ने, पल कहिले आउला ?

 

सिरेटोले मुटु छुन्छ, मन झन्झन् रुन्छ

घाम छेक्ने पानी ओत्ने, घर कहिले बन्छ ?

ह्वात्तै आउँछ हावापानी, शरीर काम्छ लुग्लुग्

तनमन्मा औडाह छ, मनमस्तिष्क धुक्चुक्

 

चिसो रात चिसै मन, बल्छ बत्ती कैले ?

उसको उस्तो मेरो यस्तो, सन्ताप् हुन्छ जैले

अन्धकारमै सल्बलाउँछन्, मनभरि जञ्जाल

जस्ता मान्छे उस्तै मित्र, उस्तै हुने सञ्जाल

 

कहिले होला आङ् ढाक्ने, अनि जाडो छल्ने

आउँदैन कि दिन पनि, निर्धक्क भै बस्ने ?

पानी छैन, सफाइ छैन, महङ्गीले आकाश छोयो

सबैतिर सोच्दासोच्दै, मन अति रोयो !

 

आमा तिम्रो दुधको भारा, क्यारी तिरूँ मैले

नागरिकलाई बोझिलो भो, देशको माया ऐले

सधैं आफ्नै पिरलो छ, देशका लागि कैले सोच्ने !

हाम्लाई पनि छैन र हक, देशका खातिर लड्ने ?

प्रकाशित: ११ माघ २०७७ ०५:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App