बाबु आचार्य
जीवन एउटा हांसो हो हाँस्न जान्नुपर्छ,
दुख एउटा खुसी हो जिउन जान्नुपर्छ ।
नदुखेको को नै होला सारा संसारमा,
दुखेको यो मनलाई सिउन जान्नुपर्छ ।
को पो होला सजिलै सारा खुसी पाउने,
दुखै दुख पर्दा पनि रम्न जान्नुपर्छ ।
को आफ्नो को पराई खै कस्को भर पर्ने,
सबै आफ्ना सबै पराई चिन्न जान्नुपर्छ ।
सबै बाटा अप्ठ्यारा नै हुन्छन् जिन्दगीका,
असल भई चुनौतीलाई जित्न जान्नुपर्छ ।
प्रकाशित: २७ पुस २०७७ ०६:०२ सोमबार