२६ आश्विन २०८१ शनिबार
image/svg+xml
कला

पानीमाथि नलेख अक्षरहरू लेखेर लेखिन्न रे,

मुक्तक

दिनेश क्षेत्री  

१)

छिमेक घरका पशुपन्छी ल्यायौ,  

सफा घर थियो मइलो बनायौ ।

थिए मिलीजुली घरमै बसेका,  

अनेक किसिमै झगडा गरायौ ।

२)

कमल मखमली उनीकन राखियो,  

गणपति भनियो पुजीकन राखियो ।

मुटु रगत चुसे जुकासरि जो थिए,  

उडुस  सदनमा  चुनीकन  राखियो ।

३)

धर्मतिर मन लाऊ  कर्मतिर तन लाऊ,

कार्य कुनै नबिगारी इज्जतमान कमाऊ ।  

जन्म भयो यही हाम्रो मृत्यु हुने यहीं धर्ती ,

राष्ट्र रुने नगराऊ  लाग्दछ पाप डराऊ।

४)

पानीमाथि नलेख अक्षरहरू लेखेर लेखिन्न रे ,

भन्दा सत्य कुरा घमन्ड छ भने सम्झाई  सम्झिन्न रे ।

मुर्दा भैकन संविधान अहिले जल्दैछ लौ हेर त्यो,  

ओली नीति अगाडि बढ्दछ भने रोकेर रोकिन्न रे ।

५)

हलोको अनौं जुवाको सोइलो छुटिसकेपछि,  

हलो र जुवा जोडिने नाडा  चुँडिसकेपछि ।

हली मात्र बाँकी रहन्छ यत्ति बुझ्नुहोस् हजुर,

भञ्ज्याङमा खले गराको गोरु फुकिसकेपछि ।  

प्रकाशित: २६ पुस २०७७ ०४:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App