३ कार्तिक २०८१ शनिबार
image/svg+xml
कला

मरेपछि पिण्ड होइन बाँच्दा खाना देऊ

मुक्तक

  तुलसा स्वदेशी राई

 

१)

मरेपछि पिण्ड होइन बाँच्दा खाना देऊ,

कात्रो देऊ या नदेऊ खुशी बाँच्दा नाना देऊ।

समाजमा केके गर्छौ अब्बल देखिन,

स्मृति पार्क होइन छोरा बाँच्दा छाना देऊ।

 

२)

अजय शक्ति मै हुँ भन्थ्यौ शिकन्दर हुँ धाक लगाउँथ्यौ,

आफ्नो तारिफ अथक गर्दै घमण्डको राग लगाउँथ्यौ ।

ईश्वरलाई दास मान्नेको खोई किन यस्तो दुर्गति भो,

पाउको धूलो चाट्दा पनि घमण्डकै थाक लगाउँथ्यौ।

 

३)

हरेक स्त्रीको सतित्व सुरक्षित हुनुपर्छ,

कामुक नजरले हेर्न वर्जित हुनुपर्छ।

उसैगरी विकलाङ्ग र अशक्तहरूको पनि,

सम्मानसाथ बाँच्ने अधिकार सुनिश्चित हुनुपर्छ ।

 

४)

स्वच्छ नजरले हेर्दा फूलैफूल हो जिन्दगी,  

तुच्छ नजरले हेर्दा भूलैभूल हो जिन्दगी ।

जीवन,जवानी नवीकरण गर्ने पाए त,

खुशी र उमङ्गको तुलैतुल हो जिन्दगी ।

५)

हरेक साल शीतलहर आउँछ याद गर,

जोहो गरिराख्नुपर्छ न्यानो कपडा याद गर।

बुझेर किन बुझ पचाउँछौ ए मूर्ख मान्छेहरू,

आफैले गर्नुपर्छ आफ्नो हिफाजत याद गर ।

प्रकाशित: २३ पुस २०७७ ०८:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App