सूर्यप्रसाद लाकोजू
हेलाको तापक्रम
बढ्दै गएको छ
घृणाको तापमान पनि
उस्तै उकालो लागेको छ ।
तल झरेको छ सद्भाव
तिरस्कार र अवहेलनाको
चुलिएको तापमानसँगै
म भने हिउँ भएर जमेको छु आज ।
एक दिन
कोही त अवश्यमेव आउनेछ
प्रेमको न्यानो घाम बोकेर
चिसो हिउँ पगाल्न
त्यसपछि म
मेरो यात्रा तय गर्ने छु
अन्धकार मेट्न
आत्मीय उज्यालो भेट्न ।
प्रकाशित: २३ पुस २०७७ ०७:४४ बिहीबार