३ कार्तिक २०८१ शनिबार
image/svg+xml
कला

समयको माग

लघुकथा

रमेशचन्द्र घिमिरे

 

गाउँमा स्कुल खोल्ने भनेर हजुरबाहरूले भैँसी बेचेर चन्दा हाले ।

काकाहरूले किताब बोक्ने झोलामा खोलाका बालुवा ल्याए र स्कुलमा गारो लगाउन मद्दत गरे ।

सरहरूले साह्रै नै कर गरेपछि खाजा ख्वाउने सर्तमा ठूल्दाइहरूले वनबाट काठ फलिका ओसारे अनि स्कुलमा झ्यालढोका बन्यो।

जजसले जे सके त्यही गरे अनि स्कुलले आकार लियो।

भाइहरूले चाहिँ सरहरूले कोठामा पङ्खा पनि नराख्दिएका भनेर आन्दोलन गरे र कक्षाकोठामा ताला लगाएर हेडसरलाई घेर्न पुगे ।

प्रकाशित: २२ पुस २०७७ ०४:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App