३ कार्तिक २०८१ शनिबार
image/svg+xml
कला

विश्वासघात

लघुकथा

प्रेम पुन मगर

 

शिला एकदमै जरुरी काम छ।  म माइत जान्छु। यो कुरा कसैलाई  नभन् ल भोलिसम्म। तँलाई त थाहै छ। थाहा पाउनु भयो भने व्यर्थै शंका गर्नुहुन्छ। तँ त मेरी आत्मीय मित्र होस् र पो भनेकी हुँ भन्दै रमा गइन्।

त्यसको एकैछिनपछि शिला– ए लिला म तँलाई मात्रै  एउटा कुरा भन्छु। कसैलाई नभन्नु है। तँ मेरो आत्मीय साथी होस् र पो भनेकी हुँ।

रमा त उसको लोग्ने नभएको मौका छोपेर  दुई दिनका लागि घुम्न गई बाइ ।

लिला – ए हिरा सुन् त । रमा त उसको ब्वाइफ्रेन्डसँग घुम्न गई नि । यो कुरा कसैलाई नभन्नु नि । तँ आत्मीय साथी होस् र पो भनेको हुँ।

हिरा – सुमनको बुवा यता सुन्नुस् न। रमा को केटासँग घुम्न गई रे त।

सुमन – प्रकाश, सुन त तेरी श्रीमती रमा पोइला हिँडिन् रे त।

भोलि रमा र प्रकाशको सम्बन्ध–विच्छेद भैसकेको थियो। शिला,लिला, हिरा, सुमन सबै आत्मीय साथीको नाताले भेला भएका थिए। सबैको मनमा एउटै मात्र कुरा खेलिरहेको थियो।  

– कसैलाई न भन् है तँ त  मेरो आत्मीय मित्र होस् र पो भनेकी हुँ।

प्रकाशित: २० पुस २०७७ ०५:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App