१९ आश्विन २०८१ शनिबार
image/svg+xml
कला

अन्सिका शर्माले जितिन् ‘मिस युनिभर्स नेपाल २०२०’ को उपाधि

‘मिस युनिभर्स नेपाल २०२०’ को उपाधि अन्सिका शर्माले जितेकी छन्।  

बुधबार काठमाडौंमा सम्पन्न अन्तिम चरणको प्रतिस्पर्धामा अस्ट्रेलिया निवासी २४ वर्षीया शर्मा १७ जनालाई पछि विजयी भएकी हुन्।  

आयोजकका अनुसार उपाधिसँगै अन्सिकाले १० लाख नगद पुरस्कार तथा मिस युनिभर्सको अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिने पाउनेछिन्।  

यस्तै प्रतियोगितामा पहिलो रनर्सअप सुजिता बस्नेत भएकी छन् भने दोस्रो रनर्सअप निनाकान्त मण्डल बनेकी छन्। यसैगरी तेस्रो र चौथो रनर्सअप क्रमशः दीप्ता थापा र न्यान्सी खड्का भएका छन्।

यो वर्ष मिस युनिभर्स प्रतियोगिता छुट्टै आयोजना गरिएको हो। यसअघि ‘मिस नेपाल’ प्रतियोगिता आयोजना गरिरहेको हिडन ट्रेजरले पनि गत फागुनदेखि मिस युनिभर्ससँग सहकार्य गरेको हो।

म नेपाली लिमिटेड नेपालका लागि मिस युनिभर्स संगठनको नयाँ दीर्घकालीन फ्रान्चाइजी रहेको रियालिटी सो ३ वर्षअघि सुरु भएको हो।  

प्रकाशित: १६ पुस २०७७ ०८:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App