२६ आश्विन २०८१ शनिबार
image/svg+xml
कला

टाठोबाठोेको संसार

निबन्ध

त्रिलोचन ढकाल

 

सबैले भन्न लागे । यो दुनियाँ टाठाको हो । बाठाको हो । टाठाले नै ऐसआराम गर्न सक्छ । मोजमस्ती गर्न सक्छ । प्रशस्त साथी भाइहरू हुन्छन् टाठाका । सन्तुष्ट हुन्छन् इष्टमित्रहरू । बाठाका जहान परिवार हुन्छन् । देश हुन्छ । विदेश हुन्छ । टाठाबाठाको । टाठाले नै इहलोक सुधार्न सक्छ । “परलोक” गुहार्न सक्छ । उसले नै शत्रुलाई फकाउन सक्छ । मित्रलाई छकाउन सक्छ । आकाशलाई उडाउन सक्छ । धर्तीलाई गुडाउन सक्छ । समुद्रलाई डुबाउन सक्छ । बांगाको, टिंगाको, बाठाको र टाठाको काम छ संसारमा । सत्यताको भक्त र सोझाको के काम ? खुरुखुरु जाऊ लुरुलुरु आऊ ! बस् ।

स्यामु स्ववियुको सभापति भयो, कलेजमा । उसलाई कक्षा कोठामा पस्नै पर्दैन । गफ र फुर्ति गर्दागर्दै ठिक्क छ । धन पनि कमाएको छ । मस्ती पनि गरेको छ । उसको रवाफ देख्दा गाउ‘ले पनि छक्क पर्छन् । बाबुआमा छक्क पर्छन् । दाजुभाइ, दिदीबहिनी पर्छन् झनै तिन छक ।

साथीभाइलाई भट्टी छिराएर ट्याम्के चरीको चटनीस‘ग झ्याम्के पानी पिलाएपछि सबै उसकै अघिपछि । पैसाले कहिलै समस्यामा पार्न सक्तैन उसलाई । उसको दास भएको छ त्यो त । यो कामका निम्ति चाहियो भनेर फारम भरेपछि कलेजको लेखाले काटिहाल्छ चेक । स्ववियुको नाममा । नाम स्ववियुको स्वामित्व स्यामुको । उसको कारोवारले लेखापरीक्षकको ठु‘गाइ पनि सहनु पर्दैन । किनभने स्ववियु मात्र यो संसारमा त्यस्तो संस्था भएको छ जसको लेखा परीक्षण नै गर्नु पर्दैन । चन्द्र शमशेरको ढुकुटी जस्तो ।  

गफ गरे पुग्छ । कोर्षको पुस्तक कस्तो छ थाहा पाउनु जरूरी छैन । परीक्षामा परिणाम आउ‘दा प्रथम श्रेणीको सूचीमा नाम देखापर्छ, उसको । ऊ बहुत बाठो छ । परीक्षामा ऊ बस्नै पर्दैन । उसलाई भनेर आएको प्रश्नपत्र अरूले नै समातिदिन्छ । परीक्षाको कापीमा पनि अरूले नै अक्षरै अक्षरले भरिदिन्छ । नेपाली चाहिने ठाउ‘मा नेपालीले । अंग्रेजीको आवश्यकता पर्ने हरफमा इङलिसले । अझ ऊ फेल हुने कुरै भएन । ऊ मात्र होइन नपढी परीक्षा पास गर्न चाहना हुने विद्यार्थीको समेत माग पूरा गर्छ उसले । साथीभाइको उचित लगानी लिएर सेयरहोल्डर बनाउ‘छ । अरूमार्पmत लेखाइदिन्छ । परीक्षामा पास गराइदिन्छ । बाबुका निम्ति महल बनाइदियो । छोराछोरीका निम्ति बोर्डिङ स्कुल खोलिदियो । पत्नीका लागि नर्सिङ कलेज जोडिदियो । साथीभाइको संख्यामा बढोत्तरी गरयो । डिग्री पास गरयो । बहुत ठूलो नेता पनि बन्यो । क्या बहादुर, क्या बाठो, स्यामु । सबैले यस्तै भन्छन् ।

आशाराम पनि कम बाठो छैन । ऊ केटी पट्याउन खूब सिपालु छ । केटी देख्यो कि पट्याइहाल्यो । महाभारत महाकाव्यको पात्र कृष्ण जस्तो । महाभारतका कृष्णले सोर हजार एक सय आठओटी स्वास्नी बनाएर राखेको थियो रे । कृष्णले यति धेरै स्वानीलाई कसरी चित्त बुझाएको छ भनेर एउटी स्वास्नी पनि पाल्न नसकेको ‘नारद’ चेक गर्न जॉदा सबै स्वास्नीका कोठीमा कृष्णै कृष्ण । कृष्ण पनि सोर हजार एक सय आठ । यही काल्पनिक बकम्फुसे कुरालाई मार्गदर्शक सिद्घान्त बनाएको छ उसले । अझ ससुरालीको घरमा जॉदा ससुराकी जेठी स्वास्नी भएकी उसकी सासूले भनिदिइन् “मर्दका सयओटी” हुन्छन् । सासूको त्यो भनाइलाई पनि मार्गदर्शक सिद्धान्तमा थपेछ र उसले झन् गतिका साथ दौडाएछ दुई खुट्टा ।  

ऊ कर्मकाण्डको काम गराउने पुरोहित हो । चौकामा चढेर भागवत पढ्ने पण्डित पनि हो । टिपन र चिना पल्टाएर सुधाहरूको भविष्य बताउने ज्योतिषी समेत हो । झारफुकको नाममा बॉझाहरूको कोख भरिदिने धामी पनि हो । यो अनुभवले पनि उसलाई “भगवान्”का बारेमा पौराणिक ज्ञान दिएको छ । उसले त्यहॉभित्र रहेका आपूmलाई आवश्यक पर्ने कुरा मात्र ग्रहण गर्न जानेको छ । कृष्ण भएर गोले नि नचाउ‘छ । राम भएर सीताहरूलाई जंगल पठाउ‘छ । विष्णु भएर लक्ष्मीहरूलाई तेल घसाउ‘छ । ब्रम्हा भएर सरस्वती जस्ता रखैल थुपार्छ । शिव भएर लिङ्ग पसार्छ । तब त भन्छन् ऊ बाठो छ । टाठो छ । चतुरो छ ।

उसका पछाडि कुरा काट्ने कुरौटे नभेटिने पनि होइनन् । खूब कुरा काट्छन् । जब ऊ ब्रतबन्ध यज्ञमा टुप्लुक्क आइपुग्छ । सबैले खुट्टामा पस्रेर ढोग गर्छन् । यजमान बूढाले गायत्री मन्त्र सुनाइदिन भनेर कान्छा छोरा र नातिहरूलाई समर्पित गर्छन् । पुरोहित्यॉइको कामबाट फुर्सद पाएको दिन ऊ गाउ‘ घुम्छ । घरघर पस्छ । मुस्कुराउ‘छ । माटाका गाग्रा फोर्छ । त्यो दिन घरमा नभएका लोग्ने मानिसहरू ऊ गाउ‘ घुमेको थाहा पाएपछि आत्तिन्छन् । अतालिन्छन् । घरमा आएर स्वास्नी र छोरीहरूसित रिसाउ‘छन् । अनि मन मन सोच्छन् “कति बाठो रामु ।”

कमलले पनि बाठोका कम पगरी गुतेको छैन । ऊ पनि समाजमा बहुत टाठाको रूपमा स्थापित भएको छ । दिनमा मानिसलाई सुम्सुम्याउ‘छ । माया गर्छ । के दुːख परयो म सहयोग गर्छु भन्छ । राति आएर खुकुरीले ठुन्क्याउ‘छ । भोलिपल्ट पूmलको गुच्छा लिएर श्रद्धाञ्जली दिन टुप्लुक्क आइपुग्छ । लासको अगाडि । डॉको छोडेर रुन्छ ।  

सम्झौता गर्छ पालना गर्दैन । प्रतिज्ञा गर्छ पूरा गर्दैन। आउ‘छु भन्छ मुख देखाउ‘दैन । जान्छु भन्छ घर छाड्दैन । सुकुम्बासी बसाल्छ र डोजर चलाउ‘छ । सुरक्षा दिन्छु भन्छ पक्डन पुलिस पठाउ‘छ । त्यागका गफ चुट्छ र अरबौ‘को महल खडा गर्छ । उसका बोलीको कुनै भर छैन । कबुलको कुनै धर छैन । विराटनगर जान्छु भनेर गएको मान्छे कञ्चनपुरमा देखिन्छ । मुस्ताङ हि‘डेको मानिस मोर्चाबारमा भेटिन्छ । हाम्रा बा भन्नुहुन्छ कमल अति बाठो छ । उसका अनुहारले मै हुम् भन्ने वैज्ञानिकलाई पनि माटो चटाइदिन्छ । किनभने मन रोएको भए अनुहार ह‘साउन सक्छ । भित्र खुसी भए पनि दुई ओढारे ऑखाबाट आँसु बर्साउन सक्छ । नगर्ने काम गर्छु भन्छ । जे गर्छ त्यो गर्दिन भन्छ । सबैलाई थाउनामा सुताउ‘छ । कमल क्या बाठो छ । क्या चनाखो छ ।

बलराम पनि बाठो व्यक्तिका रूपमा स्थापित छ । ऊ गाउ‘को साहुको छोरो हो तापनि खान लाउन धौधौ थियो । उसका बाले पसलबाट लिएको बेसाहा पछाडिको ढोकाबाट बोकेर दोकानबाट राति निक्लन्थे र अ‘ध्यारोमा घरमा आइपुग्थे । छोराले एसएलसीभन्दा बढी पढ्न सकेन । खरदारको जागिरे भयो, ऊ । वीरगञ्ज भन्सारमा बस्दा दश बिघा जमिन किन्यो बारामा । वीरगञ्ज शहरमा थुप्रै घडेरी थुपारयो । त्यति मात्र कहॉ हो र, पोखरामा सय रोपनी जग्गा जम्मा गरेको छ । काठमाडौ‘मा महलहरू खडा गरेको छ । धेरैजसो बै‘कमा लकरहरू छन् उसका । तीभित्र किलाकिलोको हिसाबमा सुनका गहनाहरू छन् । हिरामोतीका हारहरू छन् । छोराछोरीहरू दुई ओटा बुढानिलकण्ठ स्कुलमा र एउटा गण्डकी बोर्डिङ स्कुल पोखरा लामाचौरमा पढ्छन् । खरदार भएर पनि कति धेरै पत्याएकी लक्ष्मीले ? भन्छन् उसका आफन्तहरू । ऊ सारै बाठो निस्क्यो । गाउ‘लेहरू भन्छन् धन कमाउनेको सबैले रिस गर्छन् । हामीलाई ठगेको छैन क्यारे । सरकारलाई ठग्न सक्ने मर्दले ठग्छन् । बलराम खूब टाठो छ । मर्द छ । त्यो गणेशे तीस वर्ष जागिर खाएर र सरकारको सचिव भएर पेन्सनमा निस्केको छ । लाज नभएको नकटो डेरामा बस्छ । नामर्द । बलराम पो बाठो छ । उसले खर्दार भएको सातै वर्षमा तमासा देखाइसकेको थियो । तलवको मात्र पूजा गर्ने मान्छे त मूर्ख पो हो त । बाठाले पो हात पसार्छ । खुट्टा लतार्छ । जीउ लम्काउ‘छ । ऑखा चम्काउ‘छ । अरूको वैभव जे देख्छ सबै तन्काउ‘छ । बाउआमा भन्छन् हाम्रो मिल्के साह«ै टाठो छ । हामीलाई लाउनखानकै दुːख थियो । यो दश वर्ष कटेपछि भोक र जाडोले कहिलै हेप्न सकेको छैन । दाल चामल सकिए बाबु भने बोराका बोरा ल्याइहाल्छ । मासु खान मन लाग्यो भन्ने हो भने जीउ‘दै उतार्छ कुखुरा भने कुखुरा । हॉस भने हॉस । खसी भने खसी ।चित्तल भने चित्तल ।  सुनको सिक्री लाउन मन लाग्यो छोरा भनेको एक घण्टाभित्रै दुई तोलाको ल्याइदियो । खूब धनी पल्टेर टल्काउ‘दै हि‘डेकी रहिछे परिछ मेरा छोराको बाघपञ्जे झापटमा । उसका खल्तीभित्र नोट पनि छन् । डलर पनि छन् । पाउण्ड पनि छन् ।

हातमा पह‘लो सुनको पॉच तोले सिक्रीदार बाला छ । गलामा पॉचै तोलाको सुनको सिक्री । चिमोट्न मन भए चिमोट्छ । निमोठ्न मन लागे निमोठ्छ । कसैका खुट्टा ठुन्क्याउ‘छ । कसैका हात सुइ‘क्याउ‘छ । कसैलाई गोलीले उडाउ‘छ । कसैलाई नदीस‘ग भिडाउ‘छ । छोरो अति बाठो छ ।  

पितल लिएर जान्छ सुनका गहना लिएर आउ‘छ । कागजका टुक्राका मुठा लिएर जान्छ नोटका बिटा लिएर आउ‘छ । एक दिन एउटा मुर्ख आएर ‘मिल्केले मेरा नोटका बिटा ल्याएर मलाई खालि कागजको बिटो भिराएछ । म त बर्बाद भए‘ । नोटको बिटो फिर्ता दिनु परयो’ भन्यो । नोट फिर्ता लैजान भनेर उसले सारा गाउ‘लेलाई जम्मा गरेर कचहरी पनि बसाल्यो । सबै गाउ‘लले भनिदिए, “व्यापारमा यस्तो भैहाल्छ । हाम्रो मिल्केस‘गको व्यापारमा तिमी घाटामा परेछौ । नेपाल भारतको व्यापारमा नेपाल घाटामा परेजस्तै । तिमीले पनि फेरि व्यापार गर र नाफा गर । तिमी त सोझो पो रहेछौ त । हाम्रो मिल्केजस्तै बाठो बन न । नभए व्यापार गर्न सिक हाम्रो मिल्केस‘ग ।” बिचरो बाहुन चरी रुँदैरुँदैै फक्र्यो ।  

मिल्केस‘ग सबै डराउ‘छन् । सबै तर्सन्छन् । उसका साथी पनि धेरै छन् । पहलमान जस्ता । कहिले केटा लिएर आउ‘छ । कहिले नेता लिएर आउ‘छ । कहिले केटी लिएर आउ‘छ । कहिले नेत्री लिएर आउ‘छ । सबलाई ख्वाउ‘छ । पिलाउ‘छ । काम पट्याउ‘छ । चुनावमा “जिताउने म छु” भन्छ । पठाउ‘छ । हाम्रो मिल्के कति बाठो छ ।

मिसमास लोटावाला पनि औधी बाठो छ । चामलमा कौढुङ्गा मिसाउ‘छ । जिरामा बालुवा घुसाउ‘छ । मसलामा काठको धुलो । घिउमा डाल्डा । पेट्रोलमा पानी । सुनमा तॉबा । मिठो बोल्छ कोइलीले जस्तो । चिप्लो पार्छ काउलाले जस्तो अनि अ‘गालोले कस्छ । छुरी धस्छ । ढकको पि‘दमा प्वाल बनाउ‘छ । तराजुमा कतै चुम्बक टॉस्छ । कतै डोरीले डण्डी तान्छ । चोरीको गाडी नम्बर प्लेट हाल्छ । इञ्जिन र च्यासिस नम्बर पगाल्छ । लोटा लिएर पसेको हो । अरबौ‘को पति भयो । नेपालका सबैजसो कारखानामा उसको सेयर छ । दाइ दिल्लीको मेयर छ । ऊ कति बाठो छ । सरकारले व्यापारको अनुगमन गर्न खोज्दा थाहा नदिई आएको भनेर हप्काउ‘छ । झन् ठूलो स्वरले दप्काउ‘छ । नभए सबै लोटावालालाई जम्मा गरेर सटरहरूमा ताला ठोक्छ । नेपाल बन्दको नारा घोक्छ ।  

उपभोक्ता ढुकाउ‘छ । सरकार झुकाउ‘छ । नदी सुकाउ‘छ । कुकुर भुकाउ‘छ । राजस्व लुकाउ‘छ । किनभने ऊ बाठो छ । कति कति ऊ टाठो छ । कल बाइपास गर्ने यन्त्र चलाउ‘छ । नागरिकताको प्रमाणपत्र बॉड्ने मन्त्र जगाउ‘छ । नक्कली पासपोर्टको डङ्गुर बनाउ‘छ । हाकिमको सिग्नेचरको ऑप फलाउ‘छ । नक्कली नोटको रूख थाप्छ ।नेपाली मात्र होइन आइसी पनि चाप्छ । यतिसम्म कि बै‘क एटिएमबाट नोट निकाल्ने कार्ड पनि आफै दाप्छ । त्यही भएर त ऊ बाठो छ ।

म्यानपावरको भट्टी खोलेको छ । नेपालमा रोजगारी नपाएकालाई जीउ‘दै पोलेको छ । अमेरिका, जपान र क्यानडा जान्छु भन्ने बेरोजगारलाई घरबास उडाएर टोलेको छ । गाउ‘गाउ‘ घुम्छ । युवती देख्यो कि विवाह गर्छु भन्छ । मोहनी लगाउन चाहिए जति गन्छ । विवाह गरे‘ भनेर निधारमा रातोले लेख्छ । अनि यौनव्यापारीलाई लगेर वेच्छ । लोटावाला कति बाठो छ ।

घुसलाई उसले प्राण मान्छ । जीवन पार लगाउने त्राण ठान्छ । कहिले आकाश घुम्छ । कहिले धर्ती चुम्छ । हिमाल पहाडमधेश उपत्यका घुमिरहन्छ । देशको फलस्रोत र जलस्रोतको अध्ययन गरिरहन्छ । राजधानी फर्केर व्यापारका निम्ति ग्राहक खोज्छ, उसले । कोशी दियो, गण्डकी पियो र महाकाली चढायो । दुनियाका तुलनामा जलस्रोतको दोस्रो धनी हाम्रो देश । एकातिर पानी खान नपाएर उजाड तराईको धर्ती छ । अर्काेतिर लोडसेडिङको कालरात्रि छ । यो त सब बाठाको खेल न हो ।  

अबोध नागरिकले जे माग्छन् सबै दिन्छु भन्छ । भोट लिन्छ  तर दिन्छु भनेका सूचीका कुराहरू सबै आपैm खान्छ । बाटाघाटा सबै खान्छ । पुलपुलेसा सारा चपाउ‘छ । हवाईजहाज सिङ्गै निल्छ । हरियो वन उजाड पार्छ शलहले जस्तो । हरियो मात्र होइन फेद र गोलियाहरू नै हसुर्छ । उपचारका निम्ति भनेर ल्याएका पिपिई निलिदियो । साबुन र सेनिटाइजर पिइदियो । पिसिआर र आरडिटी मेसिन चपाइदियो अगस्तिलेझैं ।

मजदुर भेटे अधिकारका कुरा गर्छ । मालिक देखे दमन गर्न भन्छ । आनाहरूको छाया जगाउ‘छ । अरूहरूको काया डगाउ‘छ ।  गरिदिन्छु खेती भन्छ । बादलमाथिका वस्ती गन्छ । हावामा खानीहरू खन्छ तर काम गर्ने बेलामा हात लाग्यो शून्य । हुने कुरा गरे पो हुन्छ । जनताका पक्षमा कसैले गरेको देख्यो भने विरोध मात्र गर्ने हुन्छ उसको काम । ऊ सॉचैको बॉदर जस्तो छ । बॉदरले न आपूm गर्छ न अरूले गरेको नभत्काइछाड्छ । राताराता छन् उसका गाला । गलाभरी छन् पूmलका माला । टाउकोमा बादल जत्रोफेटा । त्यही हो यथास्थिति प्रेमी नेता । ऊ टाठो छ । बाठो छ । चंख छ । चलाख छ । देश र जनताको जेसुकै होस् कुनै छैन मतलव उसलाई । उसले सपना देख्छ हिजो र आजको मात्र । भोलिको सपना देख्नै चाहँदैन ऊ । कसैले भोलिको सपनाको कुरा गरयो भने कन्सिरीका रौ‘ ठाडा हुन्छन् उसका । गुहार्छ आफन्तका भूत प्रेत र पिचासहरूलाई ।

बाठो हुनु नै मान्छे हुनु हो । पशु मात्र लाटो हुन्छ र सोझो हुन्छ भन्ने गरिएको छ । यत्ति हो कि बाठोपनामा मानवता मिसिनु परयो । बाठोपनले परोपकार गरोस् । अशिक्षितलाई शिक्षित बनाओस् । भोकालाई खाना कमाउने उपाय सिकाओस् । दुːखीगरीबको भलोमा लागोस् त्यो चतुरोपन । राष्ट्रनिर्माणमा समर्पित होओस् त्यो फुर्तिलोपन  तर हाम्रो समाजमा बाठोपनाको परिभाषा उल्टो भएको छ । मानौ‘ यस्तै हाम्रो संस्कृति हो । अब उल्टो परिभाषालाई सुल्टयाउने  जमाना आएको छ । यही हो वर्तमान युगको आह्वान ।

प्रकाशित: २१ कार्तिक २०७७ ०८:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App