११ मंसिर २०८१ मंगलबार
image/svg+xml
कला

कोरोना कहर

बालकविता

 दिलबहादुर थापा

 

कोरोनाको कहर छ

संसारभरि लहर छ

हिँड्डुल गर्न डर छ

पढ्न पनि रहर छ

स्कुल पस्ने गेट छैन

साथीसगँ भेट छैन

पढ्न साहै मन लाछ

मन चुलबुलमा छ

कोरोना र छ पापी

खाली रहे कापी

पूरा लुगा लाऊँ है

कोरोना भगाऊ है

भर्चुअल हाम्रो पढाइ

सर गर्नुहुन्छ कडाइ

गरीबले के गरी पढने

कसरी अघि बढ्ने

सबैले अब सोचौ है

कुनै उपाय खोजौं है

नत्र हामी बर्बाद छौं

भनेको मान्न तयार छौं

सेनिटाइजर लाएर

साबुनपानीले हात धोएर

मास्क पनि लगाऊँ है

कोरोनालाई भगाऊँ है ।

प्रकाशित: १४ भाद्र २०७७ ०९:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App