अरुणबहादुर खत्री ‘नदी’
हाम्रो सानो घरमा छ है राम्रो फूलबारी,
आउँछन्– जान्छन् पुतली रमाइलो पारी ।
धेरै रंगका राम्राराम्रा फुलेका छन् फूल,
त्यस्तै राम्रो रङ्गीचङ्गी पुतलीका हूल ।
फूलबारीको छेउमा छन् साना धुपी रूख,
गुँड बनाउन चरीलाई हुँदैन है कुनै दुःख
फूलबारीमा पसेपछि मनै मेरो रमाउँछ,
भन्नुहुन्छ आमाले दुःख–पीर भगाउँछ ।
खुसी पार्न सबैलाई रोप्छु राम्राराम्रा फूल,
कोपिलामै टिपेर गर्ने छैन मैले भूल ।
प्रकाशित: १५ श्रावण २०७७ ११:२४ बिहीबार