१९ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

याद हुन्छ, माया हुन्छ र पो हुन्छ आफ्नो मान्छे !

गजल

 याद हुन्छ , माया हुन्छ र पो हुन्छ आफ्नो मान्छे,

भित्री मनको आवाज सुन्छ  र पो हुन्छ आफ्नो मान्छे ।

  

   हाँसोखुसीमा विनानिम्तो झुम्मिने कतिकति ,

   दुख पर्दा सँगै रुन्छ र पो हुन्छ आफ्नो मान्छे ।

 

कतिबेला के हुन्छ ख्याल पुरयाई हरबिहानी,

सम्झाउँदै यो मन छुन्छ र पो हुन्छ आफ्नो मान्छे ।

   

   अनजानमा भूल गरी चोट दिँदाखेरि पनि,

   राम्रै कुरा मात्रै गुन्छ र पो हुन्छ आफ्नो मान्छे ।

प्रकाशित: १५ श्रावण २०७७ १०:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App