२० आश्विन २०८१ आइतबार
image/svg+xml
कला

'दरबार'को पोस्टरलाई एयरलाइन्सको ब्रान्डिङ

मुम्बई – अभिनेता रजनीकान्तको ‘दरबार’ फिल्मलाई एयरलाइन्सले ब्रान्डिङ गरेको छ। उनी अभिनित ‘दरबार’ सँग कुनैपनि एयरलाइन्सले आधिकारिक रूपमा सम्झौता नगरेपनि सामाजिक सञ्जालमा एयरलाइन्सले फिल्मको पोस्टरलाई आवरण बनाएर प्रयोग गरेको फोटो भाइरल भइरहेको छ।

अभिनेता रजनीकान्तको ‘कबाली’ पछि एयरलाइन्सले विशेष ब्रान्डिङ गरिरहेको ‘दरबार’ दोस्रो फिल्म भएको छ। यसअघि उनी अभिनित ‘कबाली’ फिल्मको निर्मातासँग एयर एसियाले औपचारिक सम्झौता गरेर ब्रान्डिङ गरेको थियो। ‘दरबार’ फिल्मका निर्माताले आधिकारिक रूपमा कुनैपनि एयरलाइन्ससँग सम्झौता गरेका छैनन्। यद्यपि यस फिल्मको पोस्टरलाई आवरण बनाएर एयरलाइन्सले ब्रान्डिङ गरिरहेको फोटो सामाजिक सञ्जालमा भाइरल भएको छ।

यस फिल्मलाई अभिनेता रजनीकान्त र फिल्ममेकर एआर मुरुगदासले संयुक्त रूपमा निर्माण गरेका छन्। २५ वर्षपछि अभिनेता रजनीकान्त प्रहरीको भूमिकामा यस फिल्मबाट कमब्याक गरिरहेका छन्। ‘फिल्ममेकर मुरुगदासले फरक शैलीका फिल्मलाई प्राथमिकतामा राख्ने गर्छन्। यसअघिका उनका फिल्महरूबाट म प्रभावित भएको थिएँ। उनले प्रहरीको कथामा रुचि देखाएपछि यो फिल्म तयार भएको हो,’ अभिनेता रजनीकान्तले भने।

फिल्ममा रजनीकान्त प्रहरीको भूमिकामा देखिनेछन्। यस फिल्ममा उनीसहित अभिनेत्री नयनतारा, सुनिल सेट्टी, प्रतिक बब्बर, निभिथा थोमस र योगी बाबू लगायत कलाकारले अभिनय गरेका छन्। फिल्ममा अनिरुद्ध रविचन्दरले संगीत दिएका छन् भने सन्तोष सिभानले खिचेका छन्।

भारतीय सञ्चार माध्यमका अनुसार अभिनेता रजनीकान्त र फिल्ममेकर मुरुगदास नयाँ फिल्मको लागि सहकार्य गरिरहेका छन्। हाल अभिनेता रजनीकान्त निर्देशक शिवाको तमिल फिल्मको सुटिङमा व्यस्त छन्।

प्रकाशित: २० पुस २०७६ ०३:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App