४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
कला

कथाकार धाख्वाःकाे मिसा पासामाथि परिचर्चा

सिर्जना अभियान समाज भक्तपुरले वरिष्ठ कथाकार एवं नेपालभाषा एकेडेमीका चान्सलर यज्ञरत्न धाख्वाः को मिसा पासा कथासङ्ग्रहकाे अन्तरक्रिया गरेको छ। कार्यक्रममा वक्ता तथा सहभागीहरूले मिसा पासाका कथाको साथै नेपालभाषाका कथामा आएको प्रवृत्ति, कथाले अँगाल्नुपर्ने नयाँनयाँ विषय तथा कथाको प्रभावकारिताबारे चर्चा गरेका थिए।

पुस्तकमाथि बोल्दै कथाकार ध्रुव मधिकर्मीले दुई भिन्न संस्कृतिको प्रभाव, कोभिडको असर, अकस्मात भेटिएको व्यक्तिप्रतिको जिज्ञासा, दशैंमा घर जान पाउँदाको खुशी आदि विविध सन्दर्भमा हुने मनोविज्ञानलाई कथाकार धाख्वाले सरल रूपले प्रस्तुत गरेकाे बताए।

उनले कथामा नेपाली जनजीवनका ससाना घटनालाई माध्यम बनाएर त्यसबाट समाज परिवेश र व्यक्तिको चरित्रलाई बुझ्न सकिने गरी कथाको संरचना प्रभावकारी रहेको बताए।

प्राध्यापक तथा समालोचक प्रेमहीरा तुलाधरले धाख्वाः का कथामा विविध सन्दर्भका सामाजिक विषयलाई सरल एवं यथार्थ रूपमा प्रस्तुत गरिएकाले पठनीय रहेको बताए।

कार्यक्रममा कथाकार हरिगोविन्द भोमी, पत्रकार जितेन्द्र रसिक र पदमा खयरगोलीले पनि मन्तव्य राखेका थिए।

कार्यक्रममा स्रष्टाहरू सुरेन्द्रलाल भुजू , शाक्य सुरेन, माणिकबाबु ग्वंग, श्याम आशा, विमल ताम्राकार, अन्जना ताम्राकार, लोकेन्द्र बज्राचार्य, पशुपति पमा, दीपक मास्के, नवीना श्रेष्ठ लगायतको उपस्थिति थियो।

नेपालभाषा एकेडेमीले प्रकाशित गरेको उक्त पुस्तकमा विविध विषयमाथि लेखिएका पैंतीस कथा छन्।

प्रकाशित: १९ वैशाख २०८१ १०:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App