२० आश्विन २०८१ आइतबार
image/svg+xml
कला

वरिष्ठ कलाकार चराविद् पौडेललाई अर्पिइयाे श्रद्धाञ्जली

वरिष्ठ कलाकार, चराविद् तथा साहित्यकार हेम पौडेलको श्रद्धाञ्जली सभा सम्पन्न भएको छ। फागुन २ गते बुधबार नेपाल ललितकला प्रज्ञाप्रतिष्ठान र कपन बानेश्वर राष्ट्रिय साहित्यिक साप्ताहिकको आयोजनामा भएको सो कार्यक्रमका प्रमुख अतिथि अग्रज कलाकार केके कर्माचार्य, सभापति वरिष्ठ साहित्यकार प्राडा रामप्रसाद ज्ञवाली, विशिष्ट अतिथि प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, उपकुलपति लालकाजी लामा,अग्रज कलाकारहरू - हरिप्रसाद शर्मा, मुकेश मल्ल, साहित्यकारहरू- गङ्गा पौडेल, डा. रमेश शुभेच्छु लगायतले हेम पौडेलको कलाकारिता र साहित्यबारे प्रकाश पार्दै श्रद्धाञ्जली अर्पण गरेका थिए।

सो अवसरमा कविहरू- प्राडा देवी नेपाल,ओमप्रसाद कोइराला र रुपक राईले श्रद्धाञ्जली कविता वाचन गरेका थिए। निबन्ध आचार्यले सन्चालन गरेको सो श्रद्धाञ्जली सभामा ख्यातिप्राप्त कलाकार र साहित्यकारहरूको उपस्थिति रहेको थियो।

कुलपति हार्तम्छालीले नेपाल ललित कला प्रज्ञाप्रतिष्ठानले पौडेलको एकल चित्रकला प्रदर्शनी गर्ने कुरा बताए। प्रमुख अतिथि कर्माचार्यले नेपालमा चराबारे पुस्तकहरू नभएकाले  हेम पौडेल चरा चित्रप्रति आकर्षित भएको बताए। डा. रमेश शुभेच्छुले पौडेलको कवितासङ्ग्रह आउन लागेको बताएका थिए।

प्रकाशित: ३ फाल्गुन २०८० ०९:५८ बिहीबार

अक्षर