१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
कला

राष्ट्रिय विभूति अरनिको स्मृति दिवसमा कलाकार र कला लेखकहरू सम्मानित

राष्ट्रिय विभूति अरनिको स्मृति दिवसकाे अवसरमा कलाकार र कला लेखकहरू सम्मानित तथा पुरस्कृत भएका छन्। काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डङ्गोलको प्रमुख आतिथ्यमा सो कार्यक्रम भएको थियो।

नेपाल व्यावसायिक कलाकार संघद्वारा आयोजित कार्यक्रममा वरिष्ठ कलाकार हरिप्रसाद शर्मा, विजय थापा, सन्तकुमार शाक्य, श्यामबहादुर श्रेष्ठसहित १५ जना सम्मानित तथा पुरस्कृत भएका हुन्।

समारोहमा कला लेखनमा ज्ञानेन्द्र विवश, मूर्तिकलामा लक्ष्मण भुजेल, चित्रकलामा सुजनवीर बज्राचार्य, ग्राफिक डिजाइनमा प्रकाश थापा ‘प्रथा’ लगायत मोफसलका कलाकारहरू महेन्द्र राई, गणेश लामा ‘आँसु’, श्रवणकुमार चौधरी आदिलाई उपमेयरले सम्मानपत्रसहित पुरस्कार प्रदान गरेकी थिइन्।

उपमेयर डङ्गोलले पुरस्कारदाताहरूलाई राष्ट्रिय विभूति अरनिको आकृति अंकित मायाको चिनो पनि प्रदान गरेकी थिइन्। कलाकारहरूलाई सम्मानपत्रसहित नगद राशिको शैली र फूलमाला अर्पण गरिएको थियो। विभिन्न दाताले स्थापना गरेको पन्ध्र वटा पुरस्कार तथा सम्मान १५ जना कला सर्जकलाई सोही समारोहमा प्रदान गरिएको थियो।

कार्यक्रममा संघका अध्यक्ष आईबि मल्ल, नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका उपकुलपति लालकाजी लामा, भोला पौडेल, रोशन श्रेष्ठले आआफ्नो मन्तव्य प्रकट गरेका थिए। पुरस्कृतहरूका तर्फबाट कलाकार लक्ष्मी लामिछानेले आभार प्रकट गरेकी थिइन्।

प्रकाशित: २६ पुस २०८० ०६:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App