२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

मरिण महोत्सव-२०८०’ सम्पन्न

मरिण उद्याेग वाणिज्य संघ मरिण शाखाले  रचना वाचन तथा भेटघाटका साथ  चाैथाे मरिण महोत्सव-२०८०’ सम्पन्न गरेकाे छ। कार्यक्रम मरिण साहित्य समाजका अध्यक्ष बाबुराम श्रेष्ठ यात्रीको समन्वयमा भएको हो।

सिन्धुली उद्योग मरिण शाखाका अध्यक्ष चिनध्वज बम्जनको अध्यक्षता र मरिण गाउँपालिका प्रमुख विमर्श मोक्तानको प्रमुख आतिथ्यमा रचना वाचन तथा भेटघाट कार्यक्रम भएको हो।

सभ्य समाज रूपान्तरणका लागि रचना वाचन तथा भेटघाट कार्यक्रम सम्पन्न भयो।

उक्त कार्यक्रममा कथाकार तथा महाकाव्यकार भोजराज ढकाल ‘मरिण खोले’को ‘मरिण माहात्म्य’ प्रमुख अतिथिबाट विमोचन गरिएको थियो। कार्यक्रममा विभिन्न साहित्यिक संगठन र विभिन्न जिल्लाबाट प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा कविहरू- रामगोपाल आशुतोष, प्रोल्लास सिन्धुलीय, प्रेमिला राई, सन्जित फलाना, उत्तम तुम्सा लिम्बू, प्रेम घिमिरे, भोजराज ढकाल, तुलसी ढकाल, शम्भु गजुरेल, मानध्वज ब्लोन, पवन पाख्रिन, बरुण लामिछाने, खडानन्द तिमल्सिना, नन्दलाल श्रेष्ठ अमृत पाख्रिन, केदरप्रसाद देवकोटा, धनमाया राई, देवी घिमिरे, अस्मिता दाहाल, लोकेन्द्र डहरे, बिर्ख वाइबा, केदारप्रसाद फुयाल, विन्दा धिमिरे, यामचन्द्र अर्याल, रुपक जमरा, कपिल थापा, केशव घिमिरे लगायतले आ आफ्नो रचना वाचन गरेका थिए।

प्रकाशित: १३ पुस २०८० ०७:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App