१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
कला

बज्यो ‘पञ्चेबाजा’

काठमाडौं– ग्रामीण परिवेशमा निर्माण गरिएको फिल्म ‘पञ्चेबाजा’को ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा बुधबार पत्रकार र फिल्मकर्मीमाझ सार्वजनिक गरिएको ट्रेलरमा फिल्मकी नायिका जस्मिन श्रेष्ठलाई आफ्नो बनाउन दुई अभिनेता सौगात मल्ल र कर्माको संघर्ष र झगडालाई देखाइएको छ ।

कार्यक्रममा अभिनेता सौगातले आफूले अभिनय गरेका फिल्म राम्रो वा नराम्रो भन्दा पनि ट्रेलर र गीतले मन छोएको छ भने फिल्म हेरिदिन आग्रह गरे । अभिनेता कर्मले पोखराभन्दा टाढा रहेको गाउँमा एक महिना लगाएर गरेको सुटिङको प्रतिफल राम्रो आउने आशा व्यक्त गरे ।

निर्माता राजेश शाहीले फिल्मले राम्रो परिणाम दिएको खण्डमा यसको सिक्वेलसमेत निर्माण गर्ने घोषणा गरे । राजेशले यसअघि ‘कवच’, ‘मनको साथी’ र ‘बिच बाटो’ निर्माण गरिसकेका छन् ।
निर्देशक घनश्याम लामिछानेले फिल्मको कथा आम फिल्मभन्दा फरक रहेको बताए । न्यु भेनसको ब्यानरमा निर्मित फिल्ममा बुद्धि तामाङ, सिर्जना सुब्बा, प्रकाश घिमिरे, सविन बास्तोला, प्रमिला तुलाचन लगायतको अभिनय छ । हरि घले लामाको छायांकन रहेको फिल्ममा दीर्घ खड्काको सम्पादन, कविराज गहतराजको नृत्य, राजकुमार उप्रेतीको द्वन्द्व र प्रदीप भारद्वाजको लेखन रहेको छ । फिल्म फागुन ११ गते रिलिज हुने भएको छ ।
 

प्रकाशित: ११ माघ २०७४ ०३:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App