२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

ज्योति साहित्य प्रतिष्ठानले मनायाे २०५ औं श्रृङखला

ज्योति साहित्य प्रतिष्ठानको २०५औं श्रृङखला प्रतिष्ठानका अध्यक्ष मणिराज सिंहको अध्यक्षतामा सम्पन्न भयो। कार्यक्रममा प्रमुख अतिथिमा विश्व कवि तथा संस्कृतिविद् प्रा. तुलसी दिवस तथा विशिष्ट अतिथि शिखर कवि शैलेन्द्र साकार तथा कवि बुद्धिराज पाण्डेको उपस्थितमा  मञ्चको रौनकता बढेको थियो।

शिवपुरी सन्देश’का प्रधान सम्पादक वियोगी बुढाथोकी र ’शब्दपथ’का प्रधान सम्पादक किशोर पहाडीलाई विश्व कवि प्रा. तुलसी दिवस र शिखर कवि शैलेन्द्र साकारद्वारा प्रतिष्ठानको अध्यक्ष मणिराज सिंहको उपस्थितिमा ज्योति  साहित्य सम्मान अर्पण गरियो।

उक्त शृंखलामा आजीवन सदस्य  सुनिता अधिकारीलाई आजीवन सदस्यता सम्मानपत्र प्रदान गरियो।

प्रा.तुलसी दिवस,  विशिष्ट अतिथि शैलेन्द्र साकार,सुनिता अधिकारी, रुविना राना मगर, जुमन किरण, विनोद खत्री आकाश, सूर्य बस्नेत, नानीमैयाँ अधिकारी, किशोर पहाडी, वियोगी बुढाथोकीले मनतव्य सहित कविता, गजल, मुक्तकहरू वाचन गरे।

कवि  सुधा मिश्रले कार्यक्रम  सञ्चालन गर्नुका साथै मैथिली भाषामा कविता वाचन पनि गरेकी थिइन्।

हाल प्रतिष्ठानका धेरैजसो कार्यक्रम ललितपुरमा हुनेगरेका र आफू  नियमित रूपमा आउँदै जाँदै गर्नाले  काठमाडौबासी भएर पनि ललितपुर र  खास गरी इमाडोलबासी भएझैँ महसुस भएको मन्तव्य शिखर कवि शैलेन्द्र साकारले व्यक्त गरे।

साहित्यमै लागेर पनि आर्थिक पक्ष बलियो बनाउन सकिन्छ भनेर आफ्नै उदाहरण विश्व कवि तुलसी  दिवसले प्रस्तुत गरेका थिए।

कविले रचना गर्दा अरूको नक्कल वा प्रभावमा नपरी मौलिकता झल्कने सिर्जना गर्नुपर्छ भन्दै नयाँ सर्जकहरूबाट राम्रा सिर्जना सुन्न पाइएकोमा खुशी व्यक्त गरे।

आगामी दिनहरूमा पनि ज्योति साहित्य प्रतिष्ठानले स्रष्टा सम्मान र कविता वाचनलाई निरन्तरता दिने वाचा गर्दै प्रतिष्ठानका अध्यक्ष मणिराज सिंहले कार्यक्रमको समापन गरेका थिए।

प्रकाशित: १ पुस २०८० ०५:२१ आइतबार

अक्षर