२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

खास्टो लघुकथासङ्ग्रहकाे लोकार्पण

‘हाम्रो लघुकथा केन्द्र’ ले साहित्यकार मनीषकुमार शर्मा समितको ‘खास्टो’ लघुकथासंग्रहको लोकार्पण गरेको छ।

लघुकथा समाज नेपालका संस्थापक अध्यक्ष एवं स्रष्टा समाज नेपालका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’को प्रमुख आतिथ्य तथा डा.शेखरकुमार श्रेष्ठको अध्यक्षतामा कार्यक्रममा प्रमुख अतिथि श्रीओम श्रेष्ठ ‘रोदन’, सभाध्यक्ष डा. शेखरकुमार श्रेष्ठ कृतिकार शर्मा,  कृतिकारकी आमा आशा अर्ज्याल शर्मा, विशिष्ट अतिथि प्राडा कपिल लामिछाने, केन्द्रका अध्यक्ष लता केसी र विशिष्ट अतिथि गंगा कर्माचार्य पौडेलले संयुक्त रूपमा कृतिको लोकार्पण गरेका थिए।

विधागत गान हाम्रो लघुकथा गान बजाएर सुरू गरिएको उक्त कार्यक्रममा केन्द्रका सदस्य वन्दना घिमिरेले स्वागत मन्तव्य राखेकी थिइन्।

कार्यक्रमका विशिष्ट अतिथि गङ्गा कर्माचार्य पौडेलले कृतिकारको व्यक्तित्वबारे बोल्दै लघुकथाकार समित पूर्वीय संस्कारयुक्त भएकाे बताइन्। उनले भनिन्, कथाकार समित शिष्ट, शालीन र सकारात्मक मात्रै हुनु हुन्न, उहाँ आमा र चेलीबेटीका लागि उत्तिकै दिलदार पनि हुनुहुन्छ।’

अर्का विशिष्ट अतिथि प्राडा कपिल लामिछानेले कृतिकार र कृतिको सफलताको कामना गरेका थिए। उनले लघुकथाकाे जुनसुकै कार्यक्रममा हाम्रो लघुकथा गान बजाउनु लघुकथा विधाकै इज्जत भएकाे बताए।

कार्यक्रमका प्रमुख अतिथि लघुकथा समाज नेपालका संस्थापक अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ले लघुकथा लेखन र प्रकाशनसँगै यसको विस्तार भए पनि लेखनमा भएका कमीकमजोरीहरू विस्तारै सुधार गरी मानक लघुकथा लेखनमा अबको कथाकार लाग्नुपर्ने बताए।

उनले लाेकार्पण कृतिकाे जन्माेत्सव भएकाले लाेकार्पण कृतिकाे टीकाटिप्पणाी गर्नु सान्दभिर्क नभएकाे बताए। उनले भने, ‘यहाँ आफूलाई वरिष्ठ समीक्षक भनाउँदै लेखकलाई निरूत्साहित गराउने प्रवृत्ति छ। हामीले यस्ताे प्रवृत्तिलाई विस्तारै हटाउँदै जानुपर्छ।’

कार्यक्रममा लोकार्पित कृतिबाट मिसु श्रेष्ठ थपलियाले साहुकार र वीरेन मालाकार सहयात्रीले आश्रम शीर्षकको लघुकथा वाचन गरेका थिए।

पौडेल विमुन्सले सञ्चालन गरेको कार्यक्रममा मोहनबहादुर कायस्थ, लघुकथा समाज नेपालका उपाध्यक्ष तुलसीहरि काेइराला, महासचिव सुमन साैरभ, लघुकथा समाज काेशी प्रदेशका अध्यक्ष ममता मृदुल, लघुकथा डबलीका एडमिन जीवन दाहाल, लघुकथा सौन्दर्यका संस्थापक श्रीराम राई, लघुकथा चौतारीका याेगप्रसाद उपाध्याय चापागाई, लघुकथाकारहरू: अप्सरा पोखरेल, कात्यायन, गंगा आचार्य सापकोटा, रमेश सुवेदी, निर्मला बराल, मदन पाेखरेल, मधुसूदनप्रसाद घिमिरे, दीपक लोहनी, रेहित सैंजु, ललिता दोषी, दिव्य गिरी, डा. छायादत्त न्यौपाने, मञ्जु ज्ञवाली, विनोद नेपाल, सत्या अधिकारी, शेखर अर्याल लगायतका स्रष्टाहरूको उपस्थिति रहेकाे थियो।  

प्रकाशित: २१ मंसिर २०८० ०७:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App